Global Luja Dang

घोराहीको प्रोफाइल सार्वजनिक : दाङको विकासमा प्रदेशको योजना मुख्यमन्त्री

Birala Tyre Dang

नवीन अभिलाषी
दाङ, फागुन ३० ।
प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोख्रेलले दाङको विकासका लागि योजना बनाएर लागेको बताउनुभएको छ । घोराही उपमहानगरपालिकाको पाश्र्वचित्रको विमोचन गर्दै मुख्यमन्त्री पोख्रेलले जिम्मेवार भएर पालिकाहरुले काम नगर्दासम्म समृद्धि हासिल गर्न नसकिने उहाको भनाई छ ।

‘घोराही उपमहानगरपालिकाले लिएका कदमहरुसकारात्मक छन्, तर स्थानीय सरकारहरुले काम गर्नुपर्ने क्षेत्रहरु धेरै रहेका छन् ।’ मुख्यमन्त्री पोख्रेलले भन्नुभयो । घोराही उपमहानगरपालिकाले यो वर्ष सडक सञ्जाललाई व्यस्थित गर्ने कार्य गरेको भन्दै प्रशंसा समेत गर्नुभयो । ग्रामिण सडकलाई शहरसंग जोड्ने कार्य उल्लेखनीय रुपमा भएको भन्दै मुख्यमन्त्रीले स्वास्थ्य, शिक्षा, खानेपानी र सिंचाईको क्षेत्रमा समेत कामहरु भएको बताउनुभयो ।

सिंचाईका लागि माडी डाईभर्सनको आयोजनाको अध्ययन भैरहेको र कटुवा खोलामा ड्याम निर्माण आयोजनाको समेतअध्ययन भैरहेको बताउनुभयो । प्रदेश सरकारसँग साना साना खानेपानी आयोजनाका लागि माग हुने गरेको बताउँदै मुख्यमन्त्रीले मझौला आयोजनाहरु सम्म बनाउन जिल्लाका सरोकारवालाहरुलाई सुझाव दिनुभयो । ‘घोराही उपमहानगरपालिकामा निर्माण भएको जलाशयले उत्साहित बनाएको छ ।’ पोख्रेलले भन्नुभयो, ‘खेतियोग्य जमिनको सिंचाईको सुविधाका लागि जलाशय उपयुक्त छ ।’

जिल्लामा निर्माण भैरहेको सडक सञ्जालको विषयमा बोल्दै मुख्यमन्त्री पोख्रेलले स्वर्गद्धारी जोड्नका लागि मसिना र सैघाको सडकलाई स्तरोन्नती गर्न सकिने बताउनुभयो । त्यसको साथै कुहिरेपानी –सर्रा ‘वाईपास’ सडकका लागि प्रदेश सरकारले योजना बनाएको र यसवर्षपनि काम हुने उहाँको भनाई छ । जिल्लामा सबै भन्दा ठुलो लगानीमा निर्माण हुन थालेको मदन भण्डारी राजमार्ग, विपी राजमार्गको साथै कुहिरपानी देखि तुलसीपुरसम्म चार लेनको सडक निर्माण गर्ने कार्यको योजना सुरु भैसकेको समेत मुख्यमन्त्रीले बताउनुभयो ।

दाङमा निर्माण हुन थालेका पुलहरुको कथा मजाकको विषय बन्न थालेको भन्दै मुख्यमन्त्री पोख्रेलले पछिल्लो दुई महिनामा राम्रो प्रगती भएको बताउनुभयो । दुई महिना पहिले मुख्यमन्त्रीले जिल्लाका खोलाहरुमा बन्दै गरेका पुलहरुको स्थलगत अनुगमन गरेर निर्माण कम्पनीहरुलाई ताकेता गर्नुभएको थियो ।

व्यवस्थित नगर निर्माणका लागि आवधिक योजनाहरु बनाउन आबस्यक रहेको मुख्यमन्त्रीले बताउनुभयो । स्थानीय सरकारहरु बलियो रहेको जानकारी गराउँदै उहाँले स्रोत पहिचानका लागि जनप्रतिनिधिहरुले मेहनत गर्नुपर्ने र रणनैतिक रुपमा योजना र बजेट बनाउन समेत मुख्यमन्त्रले सुझाव दिनुभयो ।

प्रोफाइलको विमोचन
घोराही उपमहानगरपालिकाले नगरपाश्र्व चित्र प्रकाशन गरेर विमोचन गरेको छ । प्रदेश प्रमुख मुख्यमन्त्री पोख्रेलले पाश्वचित्रको विमोचन गर्नुभएको छ । घोराहीको समग्र बस्तुस्थितीको मापन गर्दै प्रोफाईल तयार पारिएको मेयर नरुलाल चौधरीले बताउनुभयो । अबको विकासका लागि तथ्यांकको आधारमा हुने मेयरको भनाई छ ।

प्रोफाइलमा घोराही उपमहानगरपालिकाको समग्र परिचय, जनसाङ्खिकी विवरणहरु, भुउपयोग, आर्थिक क्षेत्र र रोजगार स्थिती, कृषि तथा पशुपालन, भौतिक तथा सार्वजनिक पुर्वाधार, सामाजिक पुर्वाधार तथा सेवा, बन बाताबरण, विकास सुचकाङ्क र गरिवीको स्थितीहरु समावेश गरिएको छ ।

घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा उपमेयर सिता सिग्देल न्यौपानेको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा पाश्र्वचित्रको समिक्षा रामप्रसाद जैशीले गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण प्रमुख प्रशासकिय अधिकृत सन्तबहादुर सुनारले गर्नुभएको थियो ।

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close