Global Luja Dang

गैडाकोटमा राखिएको बम नक्कली, पश्चिम नवलपरासीमा दुई वटा ट्रकमा आगजनी

Birala Tyre Dang

नवलपरासी ,फागुन ३० ।विप्लव नेतृत्वको नेकपाले बन्दका क्रममा नवलपुरको गैडाकोटको जयश्री पुलमा राखेको बम नक्कली भएको पाइएको छ ।रातो प्लाष्टिकको ब्याग भित्र खतरा संकेत दिएर राखिएको शंकास्पद वस्तुलाई सेनाले विहीबार विहान डिस्फोज गरेको हो ।

प्लाष्टिकको झोला भित्र बाल्टिन राखि बाल्टिन भित्र जुटको बोरा र माटो राखिएको पाइएको हो । सेनाको टोलीले शंकास्पद वस्तु वम नभएको यकिन गरेपछि राति साढे १२ बजेदेखि अवरुद्ध जयश्री पुलमा यातायात सञ्चालनमा आएको छ ।

उक्त शंकास्पद वस्तु मध्यविन्दु नगरपालिका १४ झ्यालटुङ्ग डाँडा नेपाली सेनाको हवल्दार शिवबहादुर न्यौपानेको नेतृत्वमा गएको बम डिस्फोजल टोलीले निष्कृय बनाएको थियो ।

पश्चिम नवलपरासीमा दुई वटा ट्रकमा आगजनी

विप्लवको बन्दको राति पश्चिम नवलपरासीमा दुई वटा ट्रकमा आगजनी भएको छ । सरावल गाउँपालिका १ तुलसीपुर चोकमा रोकिराखेको दुई वटा ट्रकमा आगजनी भएको हो ।

राति १ बजेको सयममा ना ५ ख ७८४१ र ना ४ ख ६८२५ नम्बरको ट्रकमा अज्ञात समूहले आगो लगाउँदा दुबै ट्रकको पछिल्लो दुई चक्का जलेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुबै ट्रकमा लागेको आगो समयमै निभाएर ट्रकहरुलाई प्रर्ण क्षति हुनबाट जोगाइएको प्रहरीदले जनाएको छ ।

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close