Florence Hospital Dang
Majestic Hotel Dang

बस र मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु

Birala Tyre Dang

सप्तरी ,फाल्गुन २९ – सप्तरीमा बस र मोटरसाइकल ठोक्किँदा दुईजनाको ज्यान गएको छ । उदयपुरबाट जनकपुर तिर्थयात्रामा आएको बस र झापाबाट सप्तरी तर्फ आउँदै गरेको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

को १ ख ४९३४ नम्बरको बसमा को ३४ प ६७२५ नम्बरको मोटरसाइकल ठक्कर खाँदा मोटरसाइकलमा सवार दुईजनाको ज्यान गएको हो ।

ज्यान गुमाउनेमा झापाको सुरुङ्गा नगरपालिका–५ का ३५ वर्षे मोटरसाइकल चालक रामे पासवान र पछाडि सवार ५० वर्षका मोहम्मद महदुर रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

दुवैको शव लहान अस्पतालमा राखिएको छ । बसमा सवार ३५ जना मध्ये १० जना घाइते भएका छन् र उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

Gorkha Hospital DangJapan korea Languages Dang Sahara Yatayat Dang
Open

Expert Education Dang

Close