Global Luja Dang

दाङमा नेकपा नेतृ शान्ता चौधरी बेहोस

Birala Tyre Dang

दाङ ,फागुन २८ । नेपाल कम्युनिस्ट पार्टीकी नेतृ तथा संसदीय दलकी सचेतक शान्ता चौधरी गृह जिल्ला दाङमा बेहोस भएकी छन् । तुल्सीपुरस्थित उच्च सरकारी वकिल कार्यालयको भवन उद्घाटन कार्यक्रममा उनी बेहोस भएकी हुन् ।

बेहोस भएपछि उनलाई राप्ती प्रादेशिक अस्पतालमा उपचारका लागि लगिएको थियो । उपचारपछि उनको होस खुलेको छ ।

उच्च सरकारी वकिल कार्यालय उद्घाटन महान्यायाधीवक्ता अग्नि खरेलले गरेका थिए । कार्यक्रममा सांसद चौधरीले पनि मन्तव्य राखेकी थिइन् । उनी मन्तव्य राखेर सिटमा फर्किएपछि उनी बेहोस भएकी हुन् ।

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close