रामचन्द्र पौडेलले भने-तातोपानीमा सँगै नुहाउँदैमा एकता हुँदैन – दाङ खबर
Global Luja Dang

रामचन्द्र पौडेलले भने-तातोपानीमा सँगै नुहाउँदैमा एकता हुँदैन

MadanBhandari College

पोखरा, फागुन २६ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तातोपानीमा सँगै नुहाउँदैमा पार्टीमा एकता नहुने बताएका छन् ।

नेपाल प्रेस युनियन कास्कीले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले पार्टीभित्रको एकता भावना र व्यवहारमा हुनुपर्ने बताए । तातोपानीमा सँगै डुब्यो भन्दैमा एकता भयो भनेर प्रचार गर्नुको अर्थ नरहेको उनको भनाइ थियो ।

पार्टी सभापति शेरबहादुर देउवासँगै तातोपानी कुण्डमा नुहाएको दृष्यलाई पार्टी एकताका रुपमा प्रचार भएकोप्रति उनले प्रष्टिकरण दिएका हुन् । उनले सरकारले सुशासन र शान्तिको प्रत्याभूति दिन नसकेको बताए ।

नेता पौडेलले देशमा हत्या, हिंसा र बलात्कारका घटना र बम आतंकले गर्दा सरकार फेल भइसकेको टिप्पणी गरे । उनले सिके राउतसँग सरकारले गरेको सम्झौता पारदर्शी हुनुपर्ने पनि बताए ।

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close