Florence Hospital Dang
Majestic Hotel Dang

२२ लाखको बीउ बिक्री

Birala Tyre Dang

रोल्पा, फाल्गुन २६- रोल्पाबाट धान र मकैको गरी २२ लाख रूपैयाँभन्दा बढीको बीउ बिक्री भएको छ । यस वर्ष जिल्लाबाट ५० टनभन्दा बढी बीउ निर्यात भएको हो । किसानका लागि उन्नत बीउविजन कार्यक्रम (केयुविके)को अनुदान सहयोगमा कृषक समूह, सहकारीहरूले धान, मकैलगायतका बीउ उत्पादन गरिरहेका छन् ।

मनकामना ३ जातको मकैको वीउ २८ टन, रामपुर कम्पोजिट जातको ११ टन तथा ७ टन खुमल ४ धानको बीउ बिक्री भएको केयुविके रोल्पाका जिल्ला सल्लाहकार नरेन्द्र ओलीले जानकारी दिए ।

जिल्लामा १६ वटा कृषि समूह, सहकारीले मकैको बीउ र २ वटा समूहले धानको बीउ उत्पादन गरेका थिए । २१ लाख ९४ हजार रूपैयाँको बीउ निर्यात गरिएको ओलीले बताए । मकै मनकामना ३ जातको किलोको ४७, रामपुर कम्पोजिट किलोको ४८, गहुँ डब्लुके १२०० जात किलोको ४५, धान खुमल ४ किलोको ५० रूपैयाँमा बिक्री गरिएको थियो ।

त्यस्तै तरकारीको बीउको पनि मूल्य निर्धारण गरिएको छ । सिमी चौमासे जातको किलोको २३०, केराउ सिक्कीमे लोकल किलोको ११० तथा रायो मार्फा किलोको ५३० रूपैयाँ कायम गरिएको छ । जसमा खाद्यान्न बीउका लागि भैरहवास्थित लुम्बिनी सिड कम्पनी र तरकारी बीउका लागि दाङस्थित रुकमेली सिड कम्पनी र रोल्पास्थित जलजला सिड कम्पनीसँग २ वर्षको सम्झौता भएको ओलीले जनाए ।

उत्पादित बीउले राम्रो बजार पाउन थालेपछि किसान उत्साहित भएकछन्।
जिल्लामा बीउ उत्पादनका लागि ५ करोड १ लाख रूपैयाँ अनुदान दिइएको छ । उत्पादन गरेको बीउको बजारीकरणका लागि कृषि उद्यम केन्द्र र रोल्पा उद्योग वाणिज्य संघले सहजीकरण गरी रहेको सल्लाहकार ओलीले जानकारी दिए ।

Gorkha Hospital DangJapan korea Languages Dang Sahara Yatayat Dang
Open

Expert Education Dang

Close