Global Luja Dang

आजको मौसम अपडेट : पहाडमा बदली, अरु ठाउँमा सफा

Birala Tyre Dang

काठमाडौँ फागुन २४ । देशको पहाडी भूभागमा आंशिक बदली रहेपनि बाँकी भूभागमा शुक्रबारको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले जारी गरेको सूचना अनुसार शुक्रबार अधिकांश भूभागको मौसम सफा रहनेछ । तर पहाडी भूभागको एक वा दुई स्थानमा क्षणिक वर्षा हुने सम्भावना देखिएको मौसमविदले बताएका छन् ।

शुक्रबार राति पनि देशको पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close