सांसद वलीको शव दाङ ल्याइयो : भोलि चिराघाट खोलामा दाह संस्कार गरिने – दाङ खबर
Global Luja Dang

सांसद वलीको शव दाङ ल्याइयो : भोलि चिराघाट खोलामा दाह संस्कार गरिने

MadanBhandari College


दाङ, फागुन १० । उपचारका क्रममा आज बिहान निधन भएका प्रदेश ५ का सांसद उत्तरकुरमार ओलीको शव गहजिल्ला दाङ ल्याइएको छ । हेलिकप्टरमार्फत् ओलीको शव दाङ ल्याइएको हो ।

दाङ क्षेत्रनम्वर ३ ‘ख’ बाट निर्वाचित ओलीको नेपाल मेडिसिटी हस्पिटलमा उपचारका क्रममा शुक्रबार विहान ३ वजे निधन भएको थियो । बुटवलबाट आफ्नो निर्वाचन क्षेत्र फर्कदै गर्दा माघ २४ गते सवारी दुर्घटनामा परि सांसद ओली गम्भीर घाइते हुनुभएको थियो । २०५६ मा तत्कालिन नेकपा एमालेको सदस्यता प्राप्त गरेका ३६ वर्षिय ओली जिल्लाका लोकप्रिय युवा नेताका रुपमा स्थापित हुनुभएको थियो ।

सांसद ओलीको निधनमा सिंगो पश्चिम दाङ शोकमा डुबेको छ । सांसद ओलीको निधनमा तुलसीपुर उपहानगरपालिकाले ३ ‘ख’ अन्तर्गतका वडा कार्यालयहरुमा शुक्रबार शोक बिदा गरेको छ ।

उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले सांसद वलीको दुःखद् निधनप्रति दुःख व्यक्त गर्दै शुक्रबार क्षेत्र नम्वर ३ ‘ख’ अन्तर्गत पर्ने वडा नम्वर १, २ ,१० र ११ का वडा कार्यालयहरु बन्द गरेको जानकारी दिनुभयो । नगरप्रमुख पाण्डेले १३ दिनसम्म वडा कार्यालयहरुमा शोक पुस्तिका राख्नका लागि समेत निर्देशन दिएको उपमहानगरपालिकाका प्रेस संयोजक वसन्त आचार्यले जानकारी दिनुभयो ।

यस्तै सांसद ओलीको निधनप्रति बबई गाउँपालिकाले शोक वक्तव्य जारी गर्दै दुःख व्यक्त गरेको छ । बबई गाउँपालिकाले सांसद ओलीको निधनको शोकमा शुक्रबार शोक विदा गरेको गाउँपालिकाका प्रेस संयोजक बालकृष्ण पाण्डेले जानकारी दिनुभयो । त्यस्तै दङ्गीशरण गाउँपालिकाले पनि शुक्रबार शोक विदा गरेको छ । दुर्घटनामा परि गम्भीर घाइते ओलीको टाउको खुट्टा र मुटुमा समेत गम्भीर चोट लागेको थियो ।

ओलीको पार्थिवलाई शुक्रबार दाङ ल्याइएको छ । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को केन्द्रीय कार्यालय धुम्बाराहीमा श्रद्धाञ्जली कार्यक्रम गरी पार्थिव शरिरलाई हेलिकप्टरमार्फत् दाङ ल्याइएको हो । पार्टीका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा र अध्यक्ष पुष्पकमल दाहालले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो । उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्न तुलसीपुर एयरपोर्टमा शुभचिन्तकहरुको भिड लागेको थियो । सांसद ओलीको शनिबार पश्चिम दाङको चिराघाट खोलामा दाह संस्कार गरिने जनाइएको छ ।

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close