Victoria College Dang

२५ वर्षीया महिलाले एकैपटक जन्माइन् सात बच्चा एजेन्सी – दाङ खबर

२५ वर्षीया महिलाले एकैपटक जन्माइन् सात बच्चा एजेन्सी

MadanBhandari College

एजेन्सी ,फागुन ७ – इराककी २५ वर्षीया महिलाले एकै पटक सात सन्तानलाई जन्म दिएकी छन्। इराकमा एकसाथ सात बच्चालाई जन्माएको यो पहिलो घटना भएको बताइएको छ । पूर्वी इराकको दियाली प्रोविन्सको एक अस्पतालमा उनले ६ छोरी र १ छोरालाई जन्म दिएकी हुन् ।

महिलाको र बच्चाहरूको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । यद्यपी महिलाको नाम भने सार्वजनिक गरिएको छैन ।स्थानीय स्वास्थ्य विभागका एक प्रवक्ताले बयान जारी गर्दै सबै बच्चा र महिलाको स्वास्थ्य ठीक रहेको जानकारी दिएका हुन् । बच्चाका पिता यूसेफ फैदलले भने यति धेरै बच्चाको योजना नभएको बताए ।

यो घटनाले लेवनानमा एक घटनाको झल्को दिन्छ । लेवनानकी एक महिलाले पनि एकैसाथ ३ छोरा र ३ छोरीलाई जन्म दिएकी थिइन् ।

एकैपटक सात बच्चालाई जन्माएको घटना पहिलोपटक अमेरिकाको लोवा राज्यमा भएको थियो । यो सन् १९९७ को घटना हो ।

अमेरिकाको त्यो घटना यति चर्चित भएको थियो कि त्यसबेलाका राष्ट्रपति बिल क्लिंटनले परिवारका सदस्यलाई फोन गरेका थिए । त्यसपछि परिवारलाई केही टिभी शोमा पनि बोलाइएको थियो । उनीहरूले एक घर पनि उपहार पाएका थिए ।

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close