नेकपा एकता कार्यदल असफल : एकता टुङ्ग्याउन आफैं अघि सरे ओली–प्रचण्ड – दाङ खबर
Global Luja Dang

नेकपा एकता कार्यदल असफल : एकता टुङ्ग्याउन आफैं अघि सरे ओली–प्रचण्ड

MadanBhandari College

काठमाडौं, फागुन ५ । नेकपाका दुई अध्यक्षले पार्टीको तल्लो तह र जनवर्गीय संगठनको एकता प्रक्रिया प्रस्ताव तयार पार्ने भएका छन् । जेठ ३ मा तत्कालीन एमाले र माओवादीबीच एकता भए पनि तल्लो तह र जनवर्गीय संगठनको एकता टुंगिएको छैन ।

एकता प्रस्ताव तयार पार्न पुस १३ मा स्थायी समिति बैठकले कार्यदल बनाएको थियो । तर, प्रस्ताव तयार पार्न असफल भएपछि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड प्रस्ताव तयार पार्न जुटेका हुन् ।

कार्यदलले विधानमा देखिएका असमझदारीलाई मात्रै टुंगो लगाउन सफल भएपछि अन्य विषय थाती नै थियो ।

अन्नपूर्ण पोस्टबाट

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close