Florence Hospital Dang
Majestic Hotel Dang

धुर्मुस भन्छन् – मलेसियामा सोचेभन्दा राम्रो सहयोग मिल्यो

Birala Tyre Dang

काठमाडौँ ,माघ २८ –  चितवनमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण अभियानमा जुटेका कलाकार तथा अभियन्ता सीताराम कट्टेलले मलेसियाबाट सोचेभन्दा बढी सहयोग मिलेको बताएका छन् ।

मलेसियाका नेपालीले राम्रो सहयोग नगर्दा निराश भएर फर्किएको समाचार आइरहेका बेला धुर्मुसले त्यहाँका नेपालीबाट पाएको सहयोगले आफू उत्साहित भएको बताएका छन् ।

‘रंगाशाला निर्माण सहयोगार्थ जुन उद्धेश्य लिएर हामी मलेसिया आएका थियौं । मलेसियामाका नेपाली दिदिबहिनी दाजुभाइबाट सोँचे भन्दा राम्रो सहयोग-सदभाव पाएका छौं’, धुर्मुसले भने, ‘यही अभियानलाई लिएर फेरि मलेसिया आउने निम्तो पनि पाएका छौं, यसले हामीलाई थप हौसला मिलेको छ ।’

मलेसियाका विभिन्न ठाउँमा क्रिकेट रंगशालाका लागि चलाएको अभियानका क्रममा त्यहाँका नेपालीबाट प्राप्त सहयोगबारे नेपाल फिरेर जानकारी गराउने उनले बताएका छन् । ‘केही भ्रामक समाचारहरुमा कुनै सत्यता नरहेको प्रष्ट पार्न चाहन्छु’, धुर्मुसले भनेका छन् ।

क्रिकेट रंगाशाला निर्माणका लागि सहयोग जुटाउन कलाकार पत्नी कुञ्जना घिमिरे ‘सुन्तली’ सहित धुर्मुस साताअघि मलेसिया पुगेका थिए ।

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close