सिक्किमको जाडोमा आर्यनको अंगालोमा बोल्ड प्रियंका – दाङ खबर
Global Luja Dang

सिक्किमको जाडोमा आर्यनको अंगालोमा बोल्ड प्रियंका

MadanBhandari College

माघ २८ – चलचित्र ‘हजार जुनी सम्म’को २ वटा गीतमा नायक आर्यन सिग्देल र नायिका प्रियंका कार्कीको जोडी देखिने भएको छ । सिक्किममा माइनस ४ डिग्रीमा नायिका कार्कीले आफूलाई बोल्ड अवतारमा प्रस्तुत गरेकी छिन् ।

आर्यनसँगको रोमान्समा प्रियंकाले जाडोको समेत प्रवाहा गरिनन्। विकासराज आचार्यको निर्देशनमा तयार भएको चलचित्रको छायांकन पनि सकिएको छ । ५८ दिन लगाएर चलचित्र खिचिएको निर्माणपक्षले बताएको छ ।

प्रियंका र आर्यनले ‘हजार जुनी सम्म र तिम्रो मायामा’ बोलको गीतमा अभिनय गरेका छन् । नायिका कार्कीले भनिन्–‘निकै चिसो भएकाले खुट्टा टेक्न पनि गाह्रो भएको थियो । तर, पनि हामीले राम्रो लोकेशनमा चलचित्र खिचेका छौ ।’ पुरुषोत्तम प्रधानको छायांकन रहेको चलचित्रमा कविराज गहतराजको कोरियोग्राफी छ ।

चलचित्रमा नायिका प्रियंका कार्की, नायक आर्यन सिग्देलको साथमा नायिका स्वस्तिमा खड्का, नव–कलाकार अक्की प्रधान मुख्य भूमिकामा छन् । चलचित्रमा आर्यन र प्रियंका पूर्व प्रेमी–प्रेमिकाको भूमिकामा देखिएका छन् ।

चलचित्रको एउटा गीतमा निर्देशक दीपाश्री निरौलाले आइटम नृत्य गरेकी छिन् ।चलचित्रलाई आउँदो बर्षको भदौमा रिलिज गर्ने तयारी गरिएको छ ।

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close