माैसम अपडेट : पश्चिमी वायुको प्रभावले बदली, तर ठूलो पानी पर्ने सम्भावना छैन – दाङ खबर
Global Luja Dang

माैसम अपडेट : पश्चिमी वायुको प्रभावले बदली, तर ठूलो पानी पर्ने सम्भावना छैन

MadanBhandari College

काठमाडाैँ माघ २७ । सोमबार काठमाण्डौसहित देशका धेरैजसो ठाउँको मौसम आंशिक बद्ली हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

गएको साता लगातार तीनदिन वर्षा भएपछि आइतबार मौसममा सुधार आएको थियो । तर आइतबार बेलुकीपख नै भित्रिएको अर्को पश्चिमी वायुले सोमबार पश्चिमी पहाडी भूभागसहित देशका अन्य ठाउँमा बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सोमबार पश्चिमी पहाडी भेगका केही ठाउँमा भने हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो । तर पश्चिमी वायुको प्रभाव कमजोर देखिएकाले ठूलो पानी पर्ने सम्भावना भने छैन ।

यस्तै सोमबार राति उच्च पहाडी र हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको उहाँले बताउनुभयो ।

काठमाडौं उपत्यकाको सोमबार बिहान ६ बजेको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस रहेको छ । घटनामा नौ जना अन्य व्यक्ति घाइते भएका छन् ।

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close