Florence Hospital Dang
Majestic Hotel Dang

स्थानीय सभाको बैठक सम्पन्न

Birala Tyre Dang

दाङ, माघ २७ । पारस्परिक जवाफदेहिताअन्तर्गत स्थानीय सभाको बैठक सल्यानको कपुरकोटमा आइतबार सम्पन्न भएको छ ।

कपुरकोट गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष मिन बहादुर सेनको अध्यक्षतामा भएको बैठकमा कृषि, पशु, स्वास्थ्य, शिक्षा क्षेत्रमा देखिएका समस्या र समाधानका विषयमा छलफल भएको हरप्लेस सल्यान पारस्परिक जवाफदेखिता कार्यक्रम संयोजक दिपेन्द्र शाहीले जानकारी दिएका छन् ।

विद्यालयमा स्थापना गरिएको छात्रा विश्राम कक्षलार्इ प्रभावकारी बनाउने, विद्यार्थीको दृष्टि जाँचको व्यवस्था मिलाउने, पशु गर्भ जाँचका लागि पहल गर्ने, कृषि क्षेत्रको तथ्यांकहरु संकलन गर्नेलगायतका निर्णय स्थानीय सभाले गरेको स्वास्थ्य शाखा कपुरकोटका संयोजक अरुण दाहालले जनाएका छन् ।

Gorkha Hospital DangJapan korea Languages Dang Sahara Yatayat Dang Ambikeshwori College Dang
Open

Expert Education Dang

Close