निकिता पौडेलसँग मन्त्रालयले माग्यो स्पष्टीकरण – दाङ खबर
Global Luja Dang

निकिता पौडेलसँग मन्त्रालयले माग्यो स्पष्टीकरण

MadanBhandari College

काठमाण्डौ, माघ २१ – चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेललाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले स्पष्टीकरण माग गरेको छ ।

उनलाई चौमासिक समीक्षा बैठकका लागि पत्राचार गरिएको थियो । पत्राचार गर्दा पनि बोर्डमा उपस्थित नभएको र अनुपस्थितिबारे कुनै जानकारी पनि नगराएको भन्दै स्पष्टीकरण को माग गरेको हो । उनी बिदा बस्दाको समयमा पनि स्वीकृतिबिनै बस्ने गरेको बताइएको छ ।

मन्त्रालयले आर्थिक वर्ष २०७५–०७६ का लागि चौमासिक समीक्षा बैठक राखेको राखेको थियो । तर, बैठकमा बोर्ड अध्यक्ष पौडेल अनुपस्थित थिइन् । चलचित्र विकास बोर्डको प्रगति सुनाउने कुरामा बोर्ड अध्यक्ष अनुपस्थित भएपछि मन्त्री गोकुल बास्कोटाले मन्त्रालयका उच्च अधिकारीलाई यस विषयमा प्रश्न सोधेका थिए ।

मन्त्रालयले बोर्डको काम सन्तोषजनक नभएका कारण पनि स्पष्टीकरण माग गरेको बुझिएको छ। यता बोर्ड अध्यक्ष पौडेल भने हालसम्म मौन छिन् । उनले मन्त्रालयले माग गरेको स्पष्टीकरणबारे कुनै प्रतिक्रिया दिएकी छैनन् । पौडेलले हालैमात्र पत्रकार रवि लामिछानेसँग कोर्ट म्यारिज गरेकी थिइन् ।

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close