

काठमाडौँ ,माघ २१- आज सोमबार झन् बढ्यो सुनको मूल्य, चाँदीको पनि उच्च। आज सोमबार नेपाली बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ भने चाँदीको मूल्य पनि उकालो लागेको छ।
आज छापावाल सुन प्रतितोला ६१ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आईतबार सुनको मूल्य ६१ हजार २ सय रुपैयाँ रहेको थियो।
त्यसैगरी आज तेजाबी सुनको मूल्य पनि उकालो लागेको छ। आज तेजावी सुन ६१ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ। यसअघि तेजाबी सुन ६० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।
काठमाडौँ उपत्यका भन्दा बाहिरका स्थानमा भने महासंघले तोके बमोजिम सुन चाँदीको मूल्यमा केही फरक हुन सक्नेछ। आज नेपाली बजारमा चाँदीको मूल्य पनि उकालो लागेको छ। आज चाँदी प्रतितोला ७ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि चाँदीको मूल्य ७६० रुपैयाँ रहेको थियो।



