Global Luja Dang

प्रहरीकाे अस्थायी टहरोमा आगलागी

Birala Tyre Dang

‍बाजुरा माघ १९ । जिल्ला प्रहरी कार्यालय बाजुरामा आगलागी भएको छ । शनिबार बिहान ६ बजेतिर लागोको आगोबाट एक लाख रुपैयाँभन्दा बढीको सामान क्षति भएकोे अनुमान गरिएको छ ।

सदरमुकाम मार्तडीमा जिल्ला प्रहरी कार्यालय बाजुराको नयाँ भवन निर्माण कार्य जारी छ । त्यसैले प्रहरीहरु जस्ताको अस्थायी टहरो बनाएर बस्दै आएका छन् । तिनै टहरामध्येको एउटा टहरामा आगो लागेको डिएसपी उद्धवसिंह भाटले जानकारी दिए ।

‘त्यो टहरोमा तीन जना बस्दै आएका थिए । उनीहरु ढोका लगाएर बाहिर निस्किएको बेला आगो लाग्यो । उनीहरु सकुशल रहे पनि व्यक्तिगत सामानहरु सबै नष्ट भए,’ डिएसपी भाटले भने । उनले बिजुलीको तार सर्ट भएर आगलागी भएको अनुमान गरिएको जानकारी दिए । आगो प्रहरी जवान र बजारवासीको सक्रियमा निभाइएको थियो ।

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close