Global Luja Dang

सिंगो गाउँ टमाटर खेतीमा

Birala Tyre Dang

दाङ, माघ ५ । घर वरिपरि लटरम्म टमाटर फलेका छन् । कोही टमाटर टिप्दैछन् । कोही टमाटर गोडमेल गर्दैछन्, भने कोही टमाटरको तौल गर्दैछन् । यो दृश्य घोराही उपमहानगरपालिका वडानम्वर १८ स्थित मसिना गाउँको हो ।

दाङको सदरमुकाम घोराहीको व्यस्त वजारदेखि ३ किलोमिटर उत्तरमा रहेको मसिना गाउँको टमाटर खेतीको पर्याय बनेको छ । घोराही उपमहानगरपालिकाले टमाटरको पकड क्षेत्रका रुपमा घोषणा गरेको यस गाउँको कृषकहरुको आयआर्जनको मुख्य माध्यम टमाटर खेती नै बन्न पुगेको छ । टमाटर खेतीबाटै कृषकहरुले वार्षिक सिजनमा ३ लाखसम्म आम्दानी गर्ने गरेको वडाध्यक्ष भरतमणि अर्यालले जानकारी दिनुभयो ।

अम्विकेश्वरी कृषक समूह गठन गरेर कृषकहरुले व्यवसायिक तरकारी खेती गरिरहेको भन्दै वडाध्यक्ष अर्यालले टमाटरखेतीलाई प्राथमिकता दिने गरेको जानकारी दिनुभयो । ‘कृषकहरु कृषि समूहमा आवद्ध रहेर व्यवसायिक तरकारी खेती गरिरहेका छन्’, वडाध्यक्ष अर्यालले भन्नुभयो, ‘उपमहानगरपालिकाले टमाटरको पकेट क्षेत्र घोषा गरेकाले कृषकहरुले टमाटर खेतीलाई प्राथमिकता दिने गर्दछन् ।’

कृषिकै माध्यमबाट वडाको समृद्धि गर्ने योजना रहेको भन्दै वडाध्यक्ष अर्यालले भन्नुभयो, ‘हाम्रो प्राथमिकता भनेको कृषिलाई व्यवसायिक बनाउनु हो । यसका लागि हामीले पहिलेदेखिनै काम गर्दै आएका थियौं । अब त वडाकै प्रतिनिधि भएको छु र वडालाई कृषि व्यवसायले चिनाउन चाहन्छु ।’

बिगत ५ वर्षदेखि वडाका कृषकहरुले एक सय विगाहा क्षेत्रफलमा टमाटर खेती सुरु भन्दै वडाध्यक्ष अर्यालले भन्नुभयो, ‘पहिले मकै, तोरी, गहुँजस्ता अन्न बालीको मात्रै खेती गरिथ्यो । यसो हुँदा एक सिजन मात्रै खेती हुने र अन्य सिजनमा जग्गा पूर्णरुपमा बाँझो रहने भएकाले कृषकहरुलाई जीवन धान्न कठिनाई हुने गर्दथ्यो । तरकारी खेतीले गाउँको परिचय नै बदलिएको छ ।’

सिचाइको राम्रो व्यवस्था भएकाले कृषकहरुमा खेतीको स्वरुप परिवर्तन गर्न र व्यवसायिक बनाउन सजिलो भएको वडाध्यक्ष अर्यालको भनाइ छ । ‘प्रसस्त सिचाइको व्यवस्था भएपछि कृषकहरु टमाटर खेतीतर्फ आकर्षित भए । यो खेतीबाट आम्दानी राम्रै हु थालेपछि जाँगरिला बनेका कृषकहरु अहिले बाह्रै महिना व्यवसायिक तरकारी खेती गर्न थालेका छन्’, वडाध्यक्ष अर्यालले भन्नुभयो, ‘तरकारी खेतीबाट आम्दानी बढ्दै गएकाले झन्पछि झन् कृषकहरुको आकर्षण बढ्दै गएको छ ।

वडाध्यक्ष अर्यालका अनुसार टमाटर खेतीबाट मनग्य आम्दानी हुन थालेपछि कृषकहरुले छोराछोरीको पढाइमा ध्यान दिएकाले वडाको शैक्षिक गुणस्तर बृद्धि भएको छ । कृषकलाई आवश्यक पर्ने बिउ बिजनको व्यवस्था स्थानीय स्तरमै उपलब्ध गराइएको भन्दै वडाध्यक्ष अर्यालले कृषकहरुलाई आवश्यक पर्ने कृषि सामग्रीहरु कृषि समूहको सिफरिसमा वडाले व्यवस्था गर्ने गरेको बताउनुभयो । ‘कृषकहरुले उत्पादन गरेका टमाटरका साथै तरकारीको बजार व्यवस्थापन अम्विके स्वरी कृषक समूह, मिलिजुली कृषक समूह र अग्र्यानिक तरकारी खेती समूहले गरिरहेका छन्’, वडाध्यक्ष अर्यालले भन्नुभयो, ‘कृषक समूहले कृषकका लागि आवश्यक पर्ने सामग्रीहरुको सिफरिस गरेमा हामीले उपलब्ध गराउने गरेका छौं ।’

कृषकले उत्पादन गरेका टमाटरहरुको मुख्य बजार दाङ, पोखरा, चितवन र काठमाडौँ रहेको वडाध्यक्ष अर्यालको भनाइ छ । कृषकहरुको जाँगर देखेर एशियाली विकास बैंकको सहयोगमा रिजम संस्थाले १४ लाख अनुदान उपलब्ध गराएकोे भन्दै वडाध्यक्ष अर्यालले कृषकहरुका लागि अवलोकन भ्रमणको पनि व्यवस्था गराई उर्जा थप्ने काम वडाले गर्ने गरेको बताउनुभयो ।

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close