Global Luja Dang

इण्डोनेसियालाई ९२ रनले पराजित गर्दै नेपाल फाइनलमा

Birala Tyre Dang

काठमाडौं, माघ ४ –नेपाल थाइल्याण्डमा जारी वुमेन्स टि-२० स्म्यासको फाइनलमा प्रवेश गरेको छ। इन्डोनेसियालाई ९२ रनको फराकिलो अन्तरले हराउँदै नेपाल उपाधि नजिक पुगेको हो।नेपालले दिएको १२० रनको लक्ष्य पछ्याएको इन्डोनेसिया ११ ओभरमा २७ रनमा समेटिएको थियो।

इन्डोनेसियाका लागि युलिया आङग्राएनीले सर्वाधिक १३ रन बनाउनुबाहेक अरू खेलाडीले ५ रनको स्कोर कटाउन सकेनन्। नेपालले ५ रन अतिरिक्त दिएको थियो। ४ इन्डोनेसियन खेलाडी शून्यमा आउट भएका थिए।

इन्डोनेसियालाई सस्तैमा समेट्न नेपालका लागि कप्तान रूविना क्षेत्रीले उत्कृष्ट बलिङ गरिन्। ३ ओभर बलिङ गर्दै २ मेडनसहित २ रन खर्चिएर उनले ३ विकेट लिइन्। यस्तै सीता राना मगरले २ तथा कविता कनुवार, नेरी थापा र सरिता मगरले १-१ विकेट लिए।

 

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close