पाँच वर्षअघि भारत गएर बेपत्ता तीन बालककाे उद्धार – दाङ खबर
Global Luja Dang

पाँच वर्षअघि भारत गएर बेपत्ता तीन बालककाे उद्धार

MadanBhandari College

राँझा,माघ ४ –  पाँच वर्षअघि बेपत्ता भई भारत पुगेका तीन बालकलाई प्रहरीले उद्धार गरी घर फर्काएको छ । बाँके खजुरा गाउँपालिका–६ सिमलघारीबाट उनीहरु हराएका थिए ।सिमलघारी निवासी सुमन पुन, जयराम पुन र विकास परियारलाई पाँच वर्षपछि पारिवारिक पुनर्मिलन गराइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए ।

गाउँकै मङ्गल बमसँग ती बालकहरु विसं २०७० माघमा भारत गएका थिए र सम्पर्कविहीन भएका थिए । गत पुस २१ गते बालकलाई भारत लैजाने बम एक्लै गाउँ फर्किएपछि बालकका आफन्तले खोजीका लागि प्रहरीमा निवेदन दिएको प्रहरी उपरीक्षक पौडेलले बताएका छन् ।

निवेदनलगत्तै जिल्ला प्रहरी कार्यालयबाट खटिएको अनुसन्धान टोलीले बेपत्ता बमको सहयोगमा बालकलाई भारतबाट उद्धार गरी नेपाल ल्याएर बिहीबार अभिभावकको जिम्मा लगाएको उपरीक्षक पाैडेलकाे भनाइ छ ।उद्धारपश्चात् बालकले आफूहरु भारत हिमाञ्चल प्रदेशको एक होटलमा काम गर्दै आएको बताएका छन् । पाँच वर्षदेखि बेपत्ता छोरालाई भेटेपछि अभिभावक खुशी भएका थिए ।

 

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close