समायोजनमा जान कर्मचारी उत्साहित – दाङ खबर
Global Luja Dang

समायोजनमा जान कर्मचारी उत्साहित

MadanBhandari College

काठमाडौंँ, माघ ३ । सरकारले अध्यादेशबाट सङ्घ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन कार्य अगाडि बढाएपछि उच्च सङ्ख्यामा कर्मचारीहरु समायोजनमा सहभागी भएका छन् । बुधवारसम्म करिब ७९ हजार कर्मचारीले समायोजनमा जान अनलाइन फारम भरेपछि अधिकारीहरूले यो सङ्ख्यालाई उत्साहजनक भनेका छन् ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका एक उच्च अधिकारीले भन्नुभयो, ‘‘समायोजनमा जाने कर्मचारीको सङ्ख्या उत्साहजनक हो ।’’ सरकारले तीनै तहमा कर्मचारी समायोजनका लागि प्रदान गरेको तीन हप्ताको समय बुधवार सकिएको हो । मन्त्रालयका अनुसार सङ्घ, प्रदेश र स्थानीय तहमा गरी ८९ हजार दरबन्दीमा करिब ७९ हजार कर्मचारीले अनलाइन मार्फत समायोजनका लागि आवेदन दिएका छन । सुरूमा कर्मचारीले समायोजनमा जान अनिच्छा देखाए पनि सरकार र आधिकारिक टे«ड युनियनबीच नौ बुँदे सहमति भएपछि समायोजनमा जान आवेदन दिने कर्मचारीको सङ्ख्या ह्वात्तै बढेको हो ।

मन्त्रालयको समायोजन शाखाका उपसचिव अनिता निरौलाका अनुसार ८९ हजार दरबन्दीमध्ये सेवा अवकाश हुन एक वर्ष बाँकी रहेका कर्मचारीले समायोजनका लागि फारम भर्न नपर्ने व्यवस्था भए पनि जानकारीको अभावमा ती कर्मचारीले पनि समायोजनमा जान आवेदन दिएको हुनसक्ने बताउनुभयो । त्यस्तै, अध्यादेशमा उल्लेखित अन्य सेवाका कर्मचारी भनिएका साबिक स्थानीय निकायका कर्मचारीले पनि समायोजनमा जानका लागि आवेदन दिएका छन ।

उहाँका अनुसार सरकारले अपेक्षा गरेभन्दा बढी सङ्ख्यामा कर्मचारी समायोजनमा जान आवेदन दिएका छन । अब बढीमा दुई साताभित्र कर्मचारीलाई तीनै तहमा समायोजनका लागि पत्र प्रदान गरिने गरी मन्त्रालयले आन्तरिक तयारी गरेको छ । सरकारले सचिव, सहसचिव र उपसचिव हुँदै तल्लो तहका कर्मचारीलाई समायोजनका लागि पत्र प्रदान गर्ने तयारी छ ।

निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनका उपाध्यक्ष भोलानाथ पोखरेलले निजामती कर्मचारी स्थानीय तहमा सेवा गर्न जादैनन् भन्ने भनाइविपरीत उत्साहजनक रूपमा कर्मचारीले समायोजनमा जान आवेदन दिएको बताउनुभयो ।  उहाँले भन्नुभयो, ‘हामी समायोजनमा गएर सरकारलाई सहयोग गर्न तयार छाँैं भन्ने कुरा यो आवेदनले प्रमाणित भएको छ, अब सरकारले यसअघि आधिकारिक ट्रेड युनियनसँग गरेको सम्झौताको अक्षरसः पालना गरी कर्मचारीलाई काम गर्न थप उत्साह प्रदान गर्नुपर्छ ।’

सरकारले स्वीकृत गरेको कर्मचारीको सङ्गठन संरचना (ओएनएम) सर्भेअनुसार सङ्घमा ४७ हजार ९२०, प्रदेशमा २२ हजार ७५५ र स्थानीय तहमा ६७ हजार ५०३ जना कर्मचारीको दरबन्दी रहेको छ ।

अध्यादेशले कर्मचारीहरूलाई प्रदेश र स्थानीय तहमा उत्साहजनक रूपमा समायोजनका लागि ग्रेड थप र तह बृद्धिको व्यवस्था गरेको छ । सरकारले सरकारी सेवाबाट प्रदेश र स्थानीय तहमा समायोजन हुने कर्मचारीहरूको खाइपाइ आएको तलब लगायत विभिन्न सुविधा कटौती नहुने तथा प्रदेश र स्थानीय तहले कानुन बनाउँदा सो मापदण्ड पालना गर्नुपर्ने व्यवस्था अध्यादेशमा छ ।

समायोजनमा उत्साहजनक सहभागिता हेर्दा अदालतमा गएका कतिपय प्राविधिक कर्मचारीले पनि समायोजनमा जानका लागि फारम आवेदन विश्वास मन्त्रालयको छ ।

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close