Victoria College Dang

रोल्पाका सुन, तामा सिंगमरमरको उत्सनन् गरिने – Page 2019 – दाङ खबर

रोल्पाका सुन, तामा सिंगमरमरको उत्सनन् गरिने

MadanBhandari College

रोल्पा, माघ ३ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले जिल्लामा सुन, तामा, र सिङ्गमर्मर खानी रहेकाले निजी क्षेत्रको लगानीमा उत्खननको प्रक्रिया अगाडि बढाइएको बताउनुभएको छ ।

माघी मेला तथा खेलकूद महोत्सवमा उहाँले जिल्लाका सबै वडामा विद्युत् विस्तार गर्ने गरी चालू आर्थिक वर्षमा रु २९ करोडको बोलपत्र भइसकेको र थप रु ३२ करोडकोसमेत बोलपत्र गर्ने गरी प्रक्रिया अगाडि बढाइएको जानकारी गराउनुभयो ।

जिल्लामा यातायात, सञ्चारजस्ता क्षेत्रको विकास तीव्र गतिमा भइरहेको बताउँदै विद्युत्लाईसमेत सँगसँगै जोड्न जरुरी रहेको मन्त्री पुनको भनाइ थियो । सो कार्यक्रममा पूर्वसभामुख ओनसरी घर्ती, प्रदेश नं ५ का सामाजिक विकासमन्त्री सुदर्शन बराल, प्रदेशसभा सदस्य दीपेन्द्र पुनलगायतको सहभागिता थियो ।

Sahara Yatayat Dang

प्रतिकृया दिनुहोस्