Florence Hospital Dang
Majestic Hotel Dang

नगरपालिकाद्वारा जेष्ठ नागरिकलाई सिरक उपहार

Birala Tyre Dang

शिवु खनाल
दाङ, पुस २७ । दाङको लमही नगरपालिकाले जेष्ठ नागरिकलाई फाइवरको सिरक प्रदान गरेको छ । नगर प्रमुख कुलबहादुर केसीले वडानम्वर ४ का जेष्ठ नागरिकलाई फाइवर सिरक प्रदान गर्नुभएको हो ।

नगर प्रमुखको हातबाट फाइवर सिरक उपहार पाएपछि मुहारमा खुसी बोकेर उभिनुभएका वडानम्वर ४ का ७२ वर्षिय देवप्रसाद चौधरीले भन्नुभयो, ‘पुसको जाडो, त्यही माथि हामी बुढाबुढीलाई चिसो छेक्ने न्यानो कपडा नभएको, जाडो कसरी कटाउने कुरा खेल्थ्यो मनमा । पहिलो चोटी जनप्रतिनिधि आएपछि यो फाइवरको सिरक पाइयो । हामी जेष्ठ नागरिकहरुको सम्मान गर्नुभयो । जनप्रतिनिधिहरुले हामीलाई खुसी प्रदान गर्नुभएको छ । ओछ्याएर सुन्ते कपडा थिएन । किन्ने पैसा पनि थिएन ।’

चौधरी जस्तै सोही ठाउँका ८० वर्षिया लोकी देवीले पनि फाइवरको सिरक पाउँदा खुसी देखिनुहुन्थ्यो । ‘राती दश वजेसम्म हामी बुढाबुढीले चुलोमा आगो तापेर आधा रात बिताउँछौं । चिसो हुन्छ । ओढ्ने राम्रो सिरक थिएन । आर्थिक स्थिति कमजोर छ’, लोकी देवीले भन्नुभयो’ ‘हामी बुढाबुढीको पनि कोही आफ्नो रहेको जस्तो लाग्यो आज । सिरक मात्रै नभएर अन्य कुराहरुमा पनि सहयोग गरिदिए राम्रो हुने थियो ।’

जेष्ठ नागरिक सम्मान कार्यक्रममा बोल्दै नगर प्रमुख केसीले नगरभित्र रहेका सम्पूर्ण जेष्ठ नागरिकहरुलाई नीतिगत रुपमा सम्मान गर्ने र यो कार्यलाई निरन्तरता दिने बताउनुभयो । केसीले स्थानीय सरकाले सोचको विकास गर्न खोजेको भन्दै समाजमा रहेका कुरितीहरुको अन्त्य गर्ने बताउनुभयो ।

लमही नगरपालिका उप–प्रमुख देवका बेल्वासेले नगरका सम्पूर्ण वडाहरुमा आगामी दिनहरुमा पनि यी र यस्ता कार्यक्रमहरु ल्याउने बताउँदै जेष्ठ नागरिकहरुको सम्मान गर्नुपर्ने बताउनुभयो । वडानम्वर ४ को कार्यालयले आफ्नो वडा क्षेत्रभित्र रहेका १ सय २७ जना जेष्ठ नागरिकहरुलाई न्यानो फाइवरको सिरक वितरण गरेको छ ।

वडा कार्यालयले ७० वर्ष नागेका १ सय २७ जना जेष्ठ नागरिकहरुलाई दुई लाखको न्यानो सिरक वितरण गरेको वडाध्यक्ष सुवास न्यौपानेले बताउनुभयो । जेष्ठ नागरिकहरुलाई अन्य कार्यक्रमहरु पनि रहेको न्यौपानेले जानकारी दिनुभयो । शान्ति नगर टोल विकास संस्थाको आयोजना तथा लमही नगरपालिका वडानम्वर ४ को वडा कार्याालयको आर्थिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको सहजीकरण स्थानीय सनम नेपालीले गर्नुभएको थियो ।

Gorkha Hospital DangJapan korea Languages Dang Sahara Yatayat Dang Ambikeshwori College Dang
Open

Expert Education Dang

Close