Florence Hospital Dang
Majestic Hotel Dang

किशोरीलाई आत्मरक्षा तालिम

Birala Tyre Dang

भरतपुर, पुस २७ । महिला हिंसाका घटना न्यूनीकरण गर्ने उद्देश्ले प्राज्ञिक विद्यार्थी परिषद् चितवनले किशोरीलाई ‘आत्मरक्षा तालीम’ दिएको छ । पहिलो चरणअन्तर्गत जिल्लाका ११३ जना किशोरीलाई एक हप्ते आत्मरक्षा तालीम दिइएको हो ।

भरतपुरको वीरेन्द्र बहुमुखी क्याम्पसको खुला चौरमा दिउँसो २ बजेपछि तालीम सञ्चालन गरिएको छ । तालीममा सहभागी किशोरीले आफै तालिम दिनेछन् । पछाडिबाट कसैले आएर आक्रमण गर्दा, हिँड्दा हिँड्दै हात समात्न खोजे, कसैले तानेर भित्तामा टसाएर अभद्र व्यवहार गर्न खोजे वा सामूहिकरुपमै कसैले आक्रमण गर्न खोजो कसरी बच्न सकिन्छ भन्नेबारेमा तालीम दिइएको कार्यक्रम संयोजक पूजा भुसालले जानकारी दिनुभयो ।

“पहिलो चरणमा तालीम लिएका किशोरीले दोस्रो चरणमा आफैँ विद्यालयमा पुगेर तालीम दिनेछन्”, उहाँले भन्नुभयो, “माघ महीनादेखि स्कूल÷स्कूलमा अभियान चलाउँछौँ ।” किशोरीलाई शारीरिकसँगै मानसिकरुपमा पनि बलियो बनाउ भन्ने उद्देश्यले विभिन्न क्षेत्रका विज्ञबाट तालीम दिइएको भुसालले बताउनुभयो ।

महिलामा बल भए पनि आत्मविश्वासका कमीका कारण उनीहरु हिंसाको सिकार हुनुपरेको उल्लेख गर्दै भुसालले आत्मरक्षा तालीमले महिलाको आत्मबल बढाउने विश्वास व्यक्त गर्नुभयो । किशोरीलाई जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरका प्रशिक्षक कुमार श्रेष्ठलगायतले प्रशिक्षण दिनुभएको छ । यसअघि जिल्लामा राष्ट्रिय खेलकूद परिषद्ले पनि महिला तथा किशोरीलाई आत्मरक्षा तालीम दिएको थियो ।

माडीमा स्नाकोत्तर तहको पढाइ हुने

चितवनको माडीमा पहिलोपटक स्नाकोत्तर तहको अध्यापन हुने भएको छ । स्नातकसम्म अध्ययन÷अध्यापन गराउँदै आएको माडी क्याम्पसले यसै वर्षबाट स्नातकोत्तरको अध्यापन गराउने गरी त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेको विद्यालयका निमित्त क्याम्पस प्रमुख नेत्रप्रसाद गौतमले जानकारी दिनुभयो ।

“तीन विषय नेपाली, अङ्ग्रेजी र जनसङ्ख्या अध्यापनका लागि आवेदन दिएका हौँ”, गौतमले भन्नुभयो, यिनै विषय अध्ययनका लागि तयारी गरेका छौँ ।” उहाँले स्नाकोत्तर अध्ययन माडीमै हुने भएपछि भरतपुर र काठमाडौँ जानुपर्ने बाध्यता हट्ने बताउनुभयो ।

क्याम्पसले स्नातक तहमा व्यवस्थापन सङ्कायमा बिबिएस र शिक्षा सङ्कायमा नेपाली, अङ्ग्रेजी र जनसङ्ख्याको अध्ययन गराउँदै आएको छ । माडीमा यसै वर्षदेखि दीवाकर स्मृति प्राविधिक शिक्षालय पनि स्थापना गरिएको छ । सिभिल इञ्जिनीयरिङ र भेटनरीको अध्यापन यसै वर्षदेखि शुरु गरिएको छ भने आगामी वर्षदेखि फार्मेसी कक्षा सञ्चालन गर्ने तयारी गरिएको छ ।

माडी नगरपालिकाका प्रमुख ठाकुरप्रसाद ढकालले नगरपालिकाले प्राविधिक शिक्षामा जोड दिँदै आएको बताउनुभयो । गाउँमै रोजगार प्रदान गर्ने खालको शिक्षा नगरवासीलाई प्रदान गर्नेगरी शैक्षिक योजना निर्माण गरिएको उहाँको भनाइ छ ।

Gorkha Hospital DangJapan korea Languages Dang Sahara Yatayat Dang Ambikeshwori College Dang
Open

Expert Education Dang

Close