डा. केसीको स्वास्थ्यमा समस्या, संक्रमण बढ्यो – दाङ खबर
Global Luja Dang

डा. केसीको स्वास्थ्यमा समस्या, संक्रमण बढ्यो

MadanBhandari College

काठमाडौं, पौष २७ । चिकित्सा शिक्षा सुधारका विभिन्न माग राखेर इलाममा १६ औं चरणको सत्याग्रह शुरु गरेका डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या देखिएको छ । सत्याग्रह सुरु गरेको दोस्रो दिन गए रातिबाट नै उनको स्वास्थ्यमा समस्या देखिन थालेको इलाम अस्पतालका चिकित्सक डा. रामकृष्ण आर्चायले बताए ।

“डा.केसीको रक्तचाप घटेको छ भने शरीरमा पसिना आउने, छाती दुख्ने र खोकी लाग्ने लगायतका समस्या देखिएका छन् ।” डा.आचार्यले बाह्रखरीसँग भने “उहाँलाई संक्रमणको दर बढ्दो छ । अब भेटघाट कम गरिदैंछ ।”

डा.केसीलाई १६ औं अनसन बस्न बाध्य पार्ने यही सरकार रहेको बताउँदै डा.केसीका सहयोगी डा अभिषेकराज सिंहले भने “अहिलेसम्म सरकारको पक्षबाट कुनै खबर आएको छैन ।” डा. केसीले १६ औं अनसन पुस १८ गतेबाट सुरु गर्ने बताउँदै आएकोमा संसदको शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्तिले संझौता अनुसार नै विधेयक पास गर्ने भनेपछि उनले अनशन एक सातालाई पर सारेका थिए । तर समितिले सम्झौता विपरित विधेयक पास गरेपछि उनले १६ औँ अनशन इलामबाट शुरु गरेका हुन् ।

डा. केसीले १५ औं अनशन जुम्लामा गरेका थिए । माग पूरा नभएसम्म जुम्लामै अनशन बस्ने अडानविपरित सरकारले बल प्रयोग गरेर २० औं दिनमा केसीलाई काठमाडौं ल्याएको थियो । डा. केसीलाई काठमाडौं ल्याउन स्थानीयले अवरोध गरेपछि प्रहरीले अस्पतालभित्रै लाठी चार्ज र अश्रुग्यास प्रहारसमेत गरेको थियो ।

अस्पताल र स्थानीय जनताको क्षति हुने देखेपछि केसी काठमाडौं आउन तयार भएका थिए । आशयपत्र दिइसकेका मेडिकल कलेजहरुलाई काठमाडौँ उपत्यकाबाट बाहिर जान प्रोत्साहित गर्ने र जान नचाहे आपसी सहमतिमा सरकारले किन्न सक्ने डा. केसीसँग सरकारले सहमति गरेपछि गत साउन १० गते २७ दिन लामो अनशन उनले तोडेका थिए ।

 

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close