Florence Hospital Dang
Majestic Hotel Dang

चिसो मौसममा लाग्ने रूघाखोकीबाट बच्ने घरेलु उपाय

Birala Tyre Dang

दाङ खबर/अहिले चिसोको मौसम छ । चिसो मौसममा प्रायजसो मानिसलाई रूघा खोकीले सताउँछ । चिसो मौसममा लाग्ने रूघाखोकी बाट बच्ने केही घरेलु उपायहरू चिसो मौसममा महको प्रयोगले विभिन्न किसिमका रोगहरूबाट बच्न सकिन्छ ।

आयुर्वेदमा महलाई अमृत मानिन्छ । रूघा खोकी लाग्दा राती सुत्नु भन्दा पहिला मनतातो दूधमा एक चम्चा मह मिसाएर खानाले रूघाखोकी कम हुन्छ । महले शरीरको इम्युन सिस्टमलाई मजबुत गर्छ ।

चिसो मौसममा कोदोको रोटी खानु फाइदाजनक हुन्छ । यसले शरीरमा तातो प्रदान गर्छ नै साथमा कोदोको रोटीमा प्रोटिन, भिटामिन बी, क्याल्सियम, फाइबर र एन्टीअक्सिडेन्ट शरीरको लागि राम्रो हुन्छ । चिसोबाट बच्नको लागि बच्चालाई पनि कोदोको रोटी खुवाउनु पर्छ ।

चिसो मौसममा माछा र सुप पनि फाइदाजनक हुन्छ । अदुवाको प्रयोगले शरीरलाई तातो त राख्छ नै साथमा यसले पाचन क्रियालाई पनि सही राख्छ ।,

Gorkha Hospital DangJapan korea Languages Dang Sahara Yatayat Dang Ambikeshwori College Dang
Open

Expert Education Dang

Close