विद्यालय–प्रहरी सम्पर्क कार्यक्रम सुरु – दाङ खबर
Global Luja Dang

विद्यालय–प्रहरी सम्पर्क कार्यक्रम सुरु

MadanBhandari College

घोराही, पुस २५ । ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमअन्तर्गत विद्यालय प्रहरी सम्पर्क कार्यक्रम दाङमा बुधबारदेखि सुरु भएको छ । साझेदारी कार्यक्रमअन्तर्गत प्रहरी–विद्यालय सम्पर्क कार्यक्रमको गोरखा ईन्टरनेशनल पब्लिक सेकेण्डरी स्कूल घोराहीबाट सुरु गरिएको हो ।

कार्यक्रमको प्रदेश ५ प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरिक्षक पिताम्वर अधिकारीले उद्घाटन गर्नुभएको हो । विद्यालयमा गठन भएको प्रहरी–विद्यालय साझेदारी समितिको आयोजनामा विद्यार्थीहरुका लागि सचेतनामूलक कार्यक्रम भएको हो । विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत चार सय विद्यार्थीहरुलाई चेतनामूलक प्रशिक्षण दिइएको थियो ।

कार्यक्रममा आधारभूत सुरक्षा सचेतना, आकस्मिक नम्वरको प्रयोग, महिला तथा बालबालिका बिरुद्ध हुने हिंसा तथा अपराध, अपराध रोकथाम र जिम्मेवारी, साइवर सुरक्षाका बारेमा जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरिक्षक बेलबहादुर पाण्डेले प्रशिक्षण दिनुभएको थियो । पाण्डेले आधारभुत कानुन र मानवअधिकार, सडक सुरक्षा, लागुऔषध निषेध, मादक पदार्थ र सुर्तिजन्य पदार्थको नकारत्मक प्रभाव, विपद् जोखिम न्यूनीकरणलगायतका विषयमा पनि जानकारी दिनुभएको थियो ।

विद्यालयका प्रधानाध्यापक मानसिंह घर्तीको अध्यक्षता एवं प्रदेश ५ प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरिक्षक पिताम्वर अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि अधिकारीले अपराध न्यूनीकरणका लागि विद्यार्थीहरुको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । उहाँले सूचना दिएर प्रहरीलाई सहयोग गर्न पनि अनुरोध गर्नुभयो । कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक वसन्त पुनले गर्नुभएको थियो ।

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close