Global Luja Dang

भवन निर्माण आचारसंहितामा कडाइ गरिदै

Birala Tyre Dang

कास्की, पुस २३–पोखरा महानगरपालिकाले वडा सदस्यको घरसहित ३ वटा घर आज डोजर लागाएर भत्काएको छ । पोखरा महानगरपालिकाले वडा नम्बर ४ कि वडा सदस्य विष्णुमाया परियार, पोखरा वडा नम्बर ५ धारापानीका भरत लिगल र वडा नम्बर ५ कै जमुना क्षेत्रीको घर भत्काएको हो ।

पोखरा महानगरपालिमा वडा नम्बर ४ की वडा सदस्य विष्णुमाया परियारले फिर्के खोलामा मापदण्डविपरीत बनाउनुभएको थियो । पटक-पटक घर नबनाउन सचेत गराउँदा पनि अटेर गरी बनाएकाले महानगरले घर भत्काएको हो ।

घर भत्काउन गएको डोजरलाई रोक्न उहाँले धेरै प्रयास गर्नुभएको थियो । उहाँलाई नेपाल प्रहरीको महिला सदस्य र नगरपालिकाको महिला नगर प्रहरीले समातेर नियन्त्रणमा लिएपछि घर भत्काइएको थियो ।

त्यस्तै महानगरपालिकाको पर्ती जग्गामा अनुमति नलिई बनाइएको पोखरा महानगरपालिका वडा नम्बर ५ धारापानीमा रहेको भरत लिगलको घर पनि आज नै महानगरपालिकाले भत्काएको हो ।

त्यस्तै पोखरा ५ बुलौंदी खोलाको मापदण्ड भित्र बनाएको जमुना क्षेत्रीको घर पनि महानगरपालिकाले भत्काएको वडानम्बर ५ का वडाध्यक्ष धनबहादुर नेपालीले जानकारी दिनुभयो ।

फाइल फाेटाे

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close