Florence Hospital Dang
Majestic Hotel Dang

सासू–बुहारी अन्तरक्रिया

Birala Tyre Dang

जाजरकोट, पुस २३-सासू र बुहारीबीच हुने द्वन्द्वलाई कम गर्न जिल्लाको नलगाड नगरपालिकाले सासू–बुहारी अन्तरक्रिया सञ्चालन गरेको छ । नगरपालिकाले प्रत्येक वडा, टोल पुगेर सासू, बुहारीलाई सँगैसँगै राखेर अन्तरक्रिया गर्दै आएको छ । गाउँभरिका सासू, बुहारीसँगै राखेर दैनिक अन्तरक्रियामार्फत आपसी समझदारी गर्दै भएका समस्यालाई खुलेर राख्नुका साथै एकले अर्कालाई राम्रोसँग बुझ्ने काम भएको नगरपालिकाले बताएको छ ।

नगरप्रमुख टेकबहादुर रावलले भन्नुभयो, “सासू, बुहारीको द्वन्द्वले नै घरमा अशान्ति र विभिन्न हिंसाजन्य काम भएकाले यसलाई कम गर्नु पहिलो काम हो, घर शान्ति नभई गाउँ शान्ति हुँदैन ।” नगरप्रमुख रावललका अनुसार गाउँगाउँमा जति हिंसाका कुरा सार्वजनिक हुन्छन्, ती सबै सासू, बुहारीको द्वन्द्वकै कारणले गर्दा देखिने गरेको छ । अहिले प्रत्येक टोलमा गएर सासू, बुहारी, सासुरासमेतलाई सँगै राखेर छलफल गर्ने काम भइरहेको छ ।

छलफलका क्रममा अधिकांशले एकले अर्कालाई नबुझ्दा झगडा हुने गरेको बताएका छन् । झगडा समाधानका लागि सहजकर्ताको भूमिका खेल्ने अर्को व्यक्ति नहुँदा द्वन्द्व बढ्ने गरेको सहभागीले बताएका छन् । अहिले बुहारी भएको व्यक्ति भोलि गएर सासू नै हुने कुराको ज्ञान नहुँदा समस्या आएको अन्तरक्रियामा सहभागी सासुराहरूले बताएका छन् । घरमा असमझदारी बढ्दा, झगडाका साक्षी रहेका सानासाना बालबालिकामा मानसिकरूपमा असर पर्नुका साथै उनीहरूको स्वभाव पनि झगडालु हुने गरेको महिला तथा बालबालिका कार्यालयका प्रमुख सकुन्तला आचार्यले बताउनुभयो ।

श्रीमान्, श्रीमती, सासू, ससुरालाई सँगै राखेर नगरपालिकाका १३ वटा वडामा अन्तरक्रिया कार्य जारी राखेको आचार्यले बताउनुभयो । अन्तरक्रियामा सहभागीले एकले अर्कोलाई दोष दिनुभन्दा समस्या कहाँ भएको हो त्यो कुरामा छलफल गर्ने बताएका छन् ।

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close