Florence Hospital Dang
Majestic Hotel Dang

खानीमा दुर्घटना हुँदा कम्तीमा ३० जनाको मृत्यु

Birala Tyre Dang

अफगानिस्तान, पुस २२ । अफगानिस्तानको उत्तरपूर्वी भागमा एउटा सुनखानी भासिँदा कम्तीमा ३० जना मारिएको अधिकारीहरूले बताएकमा छन् । दुर्घटना बदक्शान प्रान्तको कोहिस्तान जिल्लामा भएको हो ।

गाउँलेहरूले नदीको छेउमा सुनको खोजीमा ६० मिटरको खाल्डो खनेका थिए र त्यो भासिँदा त्यसैमा पुरिए । अफगानिस्तानमा पर्याप्त खनिज स्रोत छन् तर धेरै खानीहरू पुराना र नराम्ररी व्यवस्थापन गरिएका छन् जसले गर्दा सुरक्षाको चिन्ता आउने गर्छन् ।

दुर्घटनामा अन्य सातजना घाइते भएको अधिकारीले बताएका छन् । प्रान्तीय गभर्नरका प्रवक्ता निक मोहम्मद नाजरीले बताए, ‘गाउँलेहरू यो धन्धामा दशकौंदेखि संलग्न छन् र उनीहरूमाथि सरकारको नियन्त्रण छैन ।’ ‘हामीहरूले उद्धारटोलीलाई उक्त क्षेत्रमा खटाएका छौं तर गाउँलेहरूले दुर्घटनास्थलबाट लाश हटाउन थालिसकेका छन् ।’                                                                                                                                                                                   बीबीसीबाट

Gorkha Hospital DangJapan korea Languages Dang Sahara Yatayat Dang
Open

Expert Education Dang

Close