Global Luja Dang

आज ह्वात्तै घट्यो सुन-चाँदीको मूल्य, हेर्नुहोस् बजार भाउ

Birala Tyre Dang

काठमाडौँ,पुस २२ –  आज आईतबार नेपाली बजारमा सुनको मूल्य ह्वात्तै घटेको छ। यसअघि प्रतितोला ६० हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ३ सय रुपैयाँ घटेर ५९ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यसैगरी आज तेजाबी सुनको मूल्य पनि घटेको छ । आज तेजावी सुन प्रतितोला ५९ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ।आज चाँदीको मूल्य पनि घटेको छ। शुक्रबार ७ सय ६० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज ५ रुपैयाँ घटेर ५ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ।

काठमाडौँ उपत्यका भन्दा बाहिरका स्थानमा भने महासंघले तोके बमोजिम सुन चाँदीको मूल्यमा केही तलमाथी हुन सक्नेछ।

 

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close