Florence Hospital Dang
Majestic Hotel Dang

भारतमा डुङ्गा दुर्घटनामा नौ जनाको मृत्यु, एक जना बेपत्ता

Birala Tyre Dang

पुस १९ – नयाँ दिल्ली १९ पुस । पूर्वी भारतीय राज्य उडिसामा बुधबार भएको एक डुङ्गा दुर्घटनामा कम्तीमा नौ व्यक्ति मृत्यु हुनुको साथै अन्य एक बेपत्ता रहेको छ ।सरकारी अधिकारीहरुले बिहीबार सो जानकाारी दिएका छन् । उडिसा राज्यको केन्द्रपारा जिल्लामा रहेको माहानदी नदीमा सो घटना भएको जनाइएको छ । समाचारदाताहरुका अनुसार यस दुर्घटनामा दुई महिला र सात बालबालिकाको मृत्यु भएको हो ।

प्रान्तीय राजधानी उडिसाको भुबनेश्वरबाट १२४ किलोमिटर उत्तरपूर्वमा रहेको इलाका स्थानीय समयानुसार बुधबार साँझ सो घटना भएको थियो ।बुधबार साँझ ५५ व्यक्ति सवार रहेका सो डुङ्गा हुकितोला द्वीपमा पिकनिक मनाएर फर्किरहेका अवस्थामा महानादी नदीमा एक्कासी दुर्घटना भएको एक सरकारी अधिकारीले जानकारी दिएका छन् ।

डुङ्गा सवार रहेका ४५ जनालाई जिवीतै उद्धार गरिएको र १० जना भने बेपत्ता रहेका थिए । रातभरी गरिएको खोजीपछि नौ व्यक्तिको शव भेटिएको र एक भने अझै पनि वेपत्ता रहेका बताइएको छ ।

यस दुर्घटनापछि सो राज्यका मुख्य मन्त्री नवीन पटनायकले यस दुर्घटनामा मारिएका व्यक्तिको परिवारजनलाई ४ लाख भारु र घाइतेलाई निशुल्क उपचारको सुविधा दिइने घोषणा गर्नु भएको छ ।

Gorkha Hospital DangJapan korea Languages Dang Sahara Yatayat Dang Ambikeshwori College Dang
Open

Expert Education Dang

Close