बसमा राखेकाे सामान झार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु – दाङ खबर
Global Luja Dang

बसमा राखेकाे सामान झार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

MadanBhandari College

दाङ, पुस १३ । दाङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाकाे घाेराही  उपमहानगरपालिका वडा नम्वर १७ का २८ वर्षिय शंकर चौधरीकाे करेन्ट लागेर मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

घोराही बजारबाट घोराही ६ चैनपुरस्थित जन्द्रागाउँतर्फ जादै गरेको रा १ ख ४६८ नम्वरको बस रोकेर छतमा भएको सामान झार्ने क्रममा शुक्रवार दिउँसो पौने तिन वजेतिर विजुलीको तार छुदा उनलाई करेन्ट लागेको प्रहरीको भनाई छ ।

उनी सोहि गाडी धनी भएको बताईएको छ । करेन्टर लागेर गम्भिर घाईते भएका चौधरीलाई उपचारको लागि राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा लैजादै गर्दा बाटोमा नै ज्यान गएको प्रहरीले बताएको छ । मृतकको शवलाई अस्पतालको शवगृहमा राखिएको छ ।

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close