Global Luja Dang

विपद्को पूर्वतयारी तथा प्रतिकार्यमा स्थानीय तह

Birala Tyre Dang

चरिकोट पुस ९ । दोलखाका स्थानीय तहले विपद्को पूर्वतयारी तथा प्रतिकार्यका लागि १४ वटा हेलिप्याड बनाउने भएका छन्। जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले मंसिर १३ गते गरेको निर्णयअनुसार जिल्लाका ७ वटा गाउँपालिकाको केन्द्रसहित १४ वटा हेलिप्याड निर्माण गरिने भएको हो। चालु आर्थिक वर्षको अन्त्यसम्म शैलुङ गाउँपालिकाले ८ र अन्य ६ गाउँपालिकाले ६ वटा गरी १४ हेलिप्याड निर्माण गरिनेछ।

जिल्लाका स्थानीय तहले विपद् व्यवस्थापन नीति निर्माण नगरिसके पनि हेलिप्याड निर्माण गरिने विषयलाई महत्वसाथ लिएका छन्। चालु आर्थिक वर्षमा गाउँपालिकाको ८ वटै वडामा ८ वटा हेलिप्याड निर्माण गर्न गाउँसभाबाट ३० लाख बजेट छुट्ट्याएको शैलुङ गाउँपालिकाका अध्यक्ष भरत दुलालले जानकारी दिए।

हेलिप्याड निर्माणका लागि बजेट विनियोजन नगरिए पनि कुनै स्रोतबाट व्यवस्थापन गरेर गाउँपालिकाको केन्द्र लादुकमा एउटा हेलिप्याड बनाउने बिगु गाउँपालिका अध्यक्ष युधिष्ठिर खड्काले बताए। कालिञ्चोक गाउँपालिकाकी उपाध्यक्ष कालिका पाठकले ‘बजेट विनियोजन नगरेकाले स्रोतको खोजी गरिरहेको’ बताइन्।

भीमेश्वर र जिरी नगरपालिका क्षेत्रमा भने हेलिप्याडको पहिचान भइसकेको पाइएको छ। जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकका अनुसार भूकम्पले सिकाएको पाठका कारण खोज तथा उद्धार र प्रतिकार्यका लागि हेलिप्याड बनाउने निर्णय गरिएको हो।

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close