Florence Hospital Dang
Majestic Hotel Dang

फस्टाउँदै कौसी खेती

Birala Tyre Dang

गोविन्द खड्का
दाङ मंसिर २८ । लटरम्म फलेको छ । वयरका फलहरु पात भन्दा धेरै देखिन्छन् । फलले झाँटेर हाँगा नुहाई भाँचिने खतरा छ । त्यसैले काठका झाल बनाएर फलहरुलाई अडेस लगाईएको छ । यो सबै अवस्था घोराही उपमहानगरपालिका १४ जनचेतना टोलमा रहेको हेमराज बन्जाडेको घरमा देखिन्छ ।

टप र मुनि दुईवटा टप छन् । टपको रेलिङमा हिउँदे सिमी झोत्ता लाएर फलेको छ । प्लाष्टिकका थैलामा माटो भरेर सिमि रोपिएको छ । थैला नचिनीने गरी रंग लगाई चिटिक्क पारीएको छ । सिमि अलि रुखो माटोको जस्तै पँहेलिन लागेको छ । कुन तत्व पुगेन भन्ने एकिन हुन नसकेको वन्जाडेले जानकारी दिनुभयो । घरमा खानको लागि प्रशस्तै छ । फलेन भन्न मिल्दैन ।

मुनिको टप फराकीलो छ जहाँ सैयौँको संख्यामा गमलाहरु छन् । वोतल काटेर बनाईएका साना साना देखि अलकत्राका डम काटेका गमलाहरु भेटिन्छन् । त्यसले घरको छद होईन सुन्दर बगैंचाको झल्को दिन्छ । छदमा बसेर वरीपरी नजर डुलाउँदा रंगिन बगैँचामा आभाष मिल्छ । त्यो पनि चानचुने होईन, सैयाँ थरी फुल फुलेको सुन्दर बगैंचा हो ।

फेन्टाका बोत्तल बिच्चै बाट काटेर फूल रोपिएको छ । पिलरमा गाडिएको फलामको डण्डिमै तिनवटा गमला टंगाईएको छ । फलामका बेन्च र टेवुल राखेर दुई लहर गमलाहरु भित्ताहरुमा ठड्याईएको छ । बन्जाडे ईलेक्टोनिक्सका सन्चालक हुनुहुन्छ, पसलमा सामान ल्याएका खोलहरुलाई पनि गमलाको रुपमा उपयोग गरिएको छ । फ्रिज तथा अन्य समान बसाल्न बनाईएका खोलमा माटो भरेर खुर्सानी तथा अन्य फलफूल खेति गरीएको छ ।

मलिलो माटो तयारी अवस्थामा राखिएको छ । त्यो माटो कुनैपनि गमलामा उपयोग गर्न सकिन्छ । गल्ने फोहर फाल्नलाई जुन गमलामा हालेनि सजिलो छ । गल्ने फोहरका सानतिना टुक्राहरु सुक्छन्, कुहिन्छन् र मल बन्छन् । अतिथिलाई स्वागतार्थ स्टावरी र वयर खान दिनुहुन्छ । वयरको भेन्टा गमलामा बसाले भयो । स्टावरी देख्दै मुख रसाउने गरी फलेको छ । त्यसको त केहि फाल्नै पर्दैन । छद्मै धारा छ, धायो खर्लप्पै च्वाम्म मुखभरी रसाएर निल्यो ।

यति नै फलफुलका बाट छन् भन्न सकिन्न । गमला गन्न सकिन्छ तर त्यसमा रहेका फलको नाम भन्न सकिन्न । फरक प्रजातिका विरुवामा कलमी गरेर नयाँ जात उत्पादन गर्ने ध्याउन्नमा बन्जाडे लाग्नुभएको छ । विभिन्न बोटमा कलमी गर्ने र फरक ढंगले फलाउने काम भएको छ । एउटै गमलामा भुई फूल र डाले फुल गरी दुईवटा प्रजाति भेटिन्छन् । कागतीमै कलमी गरेपछि नयाँ फल कस्तो हुन्छ भन्ने मात्रै हो, फरक स्वाद लिने नाम केदिने थाहै छन् ।

एक घर दुईगमला अभियान सफल बनाएको जनचेतना टोल हो । कसैको घर अगाडि खाली जमिन छ भने त्यहाँ फुल फुलेको भेटिन्छ । भूई मात्रै होईन घरका छद्हरु रंगिन देखिन्छन् । बन्जाडे लगाएत अधिकांश घरहरु फुलमय बनेका छन् । एकदुईवटा देखि दर्जनौँ फुल फुलाएका घर छन् । गमला राख्ने ठाउँ नबनाएकाले मरमत गरेर व्यवस्था मिलाउँदैछन् ।

फुलको शहर भन्न लाएक जनचेतना टोलले विकास गर्दैछ । फुल नफुलाएको घर कसैको नभएको बन्जाडेले जानकारी दिनुभयो । केहि वर्ष अघि घोराहीका हरेक प्रहरी विटमा दुईवटा गमला सहयोग गर्नुभएको थियो । तत्कालीन डिएसपि भुवनेश्वर तिवारीले आफ्ना प्रहरीको जाँगर नाप्ने साधनका रुपमा टिप्पनी गर्नुभएको थियो । फुल जोगाएर होस र जाँगर भएका प्रहरीको उपमा दिने भनाई थियो ।

विटमा टंगाएका सबैजसो गमला पानी नपाएर सुकिसकेका छन् । त्यहि सुकेका गमलाहरु हटाउन वा अर्को फुल रोप्न सकेको देखिन्न । नेपाल उद्योग वाणिज्य महासंघका पाँच नम्बर प्रदेश उपाध्यक्ष समेत रहनुभएका वन्जाडे भने सिंगै बजार फुलै फुलको बनाउन सकिने योजना अघि सार्नुहुन्छ ।

Gorkha Hospital DangJapan korea Languages Dang Sahara Yatayat Dang
Open

Expert Education Dang

Close