Victoria College Dang

‘काम नगर्नेको सम्झौता तोडिन्छ’ – दाङ खबर
Global Luja Dang

‘काम नगर्नेको सम्झौता तोडिन्छ’

MadanBhandari College

दाङ, मंसिर २३ । नेपाल निर्माण व्यवसायी महासंघ प्रदेश प्रमुख बलिभद्र रानाले घटेर ठेक्का लिने र पहुँचको भरमा म्याद थप गर्ने प्रबृतिको अन्त्य हुने बताउनुभयो ।

स्टिमेट अनुसार भन्दा कम लागतमा ठेक्का सम्झौता हुने र समयमै काम नभएका कारण राजनीतिक पहुँचका आधारमा म्याद थप्ने अहिलेको प्रबृत्तीलाई अन्त्य गर्दै नयाँ नीति अनुसार काम हुने रानाले बताउनुभयो । दाङ निर्माण व्यवसायी संघले गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै रानाले यो नीतिले देशको विकास सम्भव नभएको बताउनुभयो । जस्का कारण अब यो ऐनलाई संशोधन गरेर लैजाने योजना रहेको उहाको भनाई छ ।

काम गर्न नसक्ने ठेक्काहरु तोडिनु पर्ने र त्यसको लागि असारसम्मको म्याद दिने रानाले बताउनुभयो । आगामी असार सम्म काम गर्न नसक्ने निर्माण कम्पनीको ठेक्क तोड्ने, उनिहरुलाई कालो सुचिमा राख्ने र लाईसेन्स जफत गर्ने व्यवस्थाका लागि प्रदेश सरकार संग योजना निर्माण भैरहेको रानाले खुलासा समेत गर्नुभयो ।

निर्माण व्यवसायीको विषयमा पछिल्लो समय गलत प्रचार भैरहेको भन्दै उहाले सञ्चार माध्यमहरुले पनि कारण खोल्ने गरी सुचना सम्प्रेषण गर्न आग्रह गर्नुभयो । अब निर्माण व्यवसायीहरुले सरकारबाट दण्ड हैन पुरस्कार पाउने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो । निर्माण व्यवसायीहरु घाटामा काम गर्ने नभई नाफा कमाउने र त्यो नाफालाई सामाजिक कार्यमा लगाउनु पर्ने निर्देशन समेत दिनुभयो ।

कार्यबाहक अध्यक्ष गणेश गिरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश अध्यक्ष बलिभद्र राना, सदस्यहरु विमलमान श्रेष्ठ र दिपक श्रेष्ठलाई सम्मान गरिएको थियो । संघका महासचिव शोकबहादुर रोकाले स्वागत गर्नुभएको कार्यक्रममा उपाध्यक्ष गोपाल घिमिरेले शुभकामना मन्तब्य राख्नु भएको थियो । कार्यक्रमको सहजीकरण सचिव दोर्ण बहकरीले गर्नुभएको थियो ।

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close