Florence Hospital Dang
Majestic Hotel Dang

सामाजका तागत गणेशप्रसाद

Birala Tyre Dang

गोविन्द खड्का,
‘घोराहीमा सबै भन्दा अग्लो घर गणेश ठेकदारको छ’ रोल्पा जिल्ला समन्वय समितिका संयोजक राजबहादुर बुढा (अविनाश) ले सार्वजनिक मन्चवाट प्रशंसा गर्दै भन्नुभयो, ‘उहिले दाङबाट फर्किनेहरुले गणेशले जति धन कसैलै कमाएको छैन भन्थे’ यसरी उदाहरणका रुपमा प्रस्तुंत गर्नुभयो । प्रशंसाले रोकाको अनुहारमा गम्भिर भाव ल्याएको थियो ।

यो सामान्य व्यक्तिको हलुका टिप्पनी थिएन । जनयुद्धका कमाण्डरको संश्लेषण थियो । अन्तिम अबस्था सम्मका पाँचौँ डिजिन सहायक कमाण्डर अविनाश लामो समय कमाण्डरकै भुमिकामा रहनुभयो । सिंगो डिभिजनको फर्मेशन चलाउनु भयो । जंगको मैदान नामक कृति प्रकाशन गर्नुभएको छ । उहाँ बौद्धिक व्यक्तित्व पनि हो । उहाँले रोकाको कमाउने शैली धेरैले सिकेको सुनाउनुभयो । कमाउने, बचाउने सिक्दै घोराहीमै धेरैले विकास गरेका छन् ।

उहाँलाई त्यहि समारोहमा ढाङढुङ कुरेली विशिष्ट समाज सेवा पदकले संयोजक बुढा (अविनाश) ले घोराही १३ डुम्मर गाउँ निवासी गणेशप्रसाद रोकामगरलाई सम्मान गर्नुभयो । मंसिर १५ गते सेवार खोला नयाँ बसपार्कको घरमा बृहत कार्यक्रम गरी शब्द र तक्माले रोकालाई सम्मान गरिएको थियो । परिवारका सदस्य सहित धाङधुङ कुरेलीका घोराही बस्नेहरु अधिकांशको उपस्थिति थियो । त्यसैले त होला अविनाशले कतै विद्यालयको नाटकमा छुकि ? मेलामा हो कि ? जस्तो महशुस भएको छ । सिंगै कुरेली यतै आएको छ भन्नुहुन्थ्यो ।

आयोजकले कार्यक्रमलाई कसरी सन्चालन गर्ने भन्नेमा अलमल परेका थिए । यत्रो पदक शुरुवातमा नभएपनि मध्य भागमा दिनुपर्दथ्यो । सामान्य मायाको चिनोको हैसियतमा कार्यक्रम सकिएपछि मात्रै वितरण गरीयो । आफै बसेर सहि सुचना संकलन गर्न सकिएन । प्राप्त सुचनाको बुझाईमा फरक पर्न गएका कारण भोलिपल्टको पत्रिकामा गणेश प्रसाद हुनुपर्नेमा अन्यथा भई गलत समाचार प्रबाह हुन गयो । त्यसप्रति यहि स्तम्भमार्फ गम्भिर क्षमयाचना गर्दछु । आदरणिय रोकाप्रति बधाई ज्ञापन गर्दछु । आयोजकलाई आगामि कार्यक्रममा त्रुटि नगर्न सुझाव दिन्छु ।

उहाँले समाजको भवन निर्माणका लागि ४० लाख बढिको जमिन समाजलाई दान गर्नुभएको छ । उहाँको प्रशंसनिय कामको कदर गर्नुपर्दछ । थप सहयोग आउन सक्ने सम्भावना देखिन्छ । रोका परिवार धन कमाए संगै मनको पनि उदार भावना भएको मानिन्छ । कन्जुसाई नगर्ने, आवश्यक परेका बखत सहयोग सरसल्लाहमा अगाडि उभिनेका रुपमा परिचित छ । कमाउने विषय मात्रै सर्बे सर्बा होईन त्यसको सदुपयोग महत्वपुर्ण कुरा हो ।
सबै मान्छेहरुले बुझेका छन्, मर्ने बेला शरीर बेर्ने कात्रो मात्रै लिने हो । अरु जे जति छ यहिँ छोड्नुपर्छ । विवेक शिला साझा पार्टीका रविन्द्र मिश्रले विविसि नेपाली सेवामा कार्यरत हुँदै ‘दिन पुगोस खान पुगोस्’ भन्ने पुस्तक लेख्नुभएको छ । त्यसमा दाङका टेकनाथ गौतमलाई प्रशंसा गरेर उदाहरणीय रुपमा प्रस्तुत गरीएको छ । पुस्तकको आशय कमाएको केहि रकम समाज सेवामा दिनुपर्छ भन्ने हो । शिक्षा र स्वास्थ्यमा गौतमले लगानी गरेको विषयलाई उच्च मूल्यांकन गरिएको छ । दगाली समाजमा त्यहि स्तरका धनाढ्यहरु छैनन् भन्न मिल्दैन । गौतम जस्तै सामाजिक काममा लागएको भेटिन्न ।

आफुले कमाएको वा उत्पादन गरेको दशांस चर्चमा लगेर चढाउनेहरु भेटिन्छन् । त्यसरी चर्चमा गरेको लगानी समाजमा कत्तिको उपलब्धी मुलक छ ? लेखा जोखा गर्नुपर्ने भएको छ । बारीमा आलु, मुला, मकै फल्यो भने चर्चमा लगेपछि मात्रै आफुले खाने गरीन्छ । त्यसरी चढाएको फलफुल, तरकारी, नगद रकम, हरेक उत्पादनको दशांस कता जान्छ ? कसले खान्छ ? सायद परमेश्वर आएर लैजान्नन् । न त यसले चढायो भन्ने कुनै नामनिशान नै रहन्छ । जे होस् चढाउनेले सन्तुष्टि पाउँछ नै, चित्त बुझाएकोलाई टिप्पनी नगरौँ । तर, सामान्य जिविकोपार्जन गरेकोले पनि दशांस दिन सक्छ भन्ने प्रमाण भने दिएको छ । हरेक नागरीकले चाह्यो भने आफुले कमाएको केहि प्रतिशत समाजलाई दिन सक्छ ।

अझ हिन्दु धर्मप्रति आश्था राख्नेहरु दानीहरु झन् बडे बडे छन् । उनिहरुलाई तामझामको कार्यक्रममा स्वागत सत्कार गरी सम्मान गर्नेहो भने लाखौँको रकम आयोजकलाई दिन सक्छन् । आयोजकहरु गतिलै भएपछि मात्रै केहि रकम उपयोगी भएको देखिन्छ । धेरै ठाउँमा आम्दानी र खर्च बराबरीमा टुंगिन्छ । कतिपय ठाउँमा आम्दानी उधारो शिर्षकमा उल्लेख गरीएको भेटिन्छ । बढि खर्चको शिर्षक अतिथि सत्कारमै हुन्छ । त्यसको मतलव खानपीनमै जान्छ । यसका दानदिनेहरु ढोँगि हुन् । माग्नका लागि यज्ञ, महायज्ञ लगाएत विभिन्न नामधारी च्याँखे थाप्नेहरु पनि गतिला खास्सै देखिएका छैनन् ।

अहिलेसम्मका मेला महोत्सवहरुबाट उठेको रकम कुन ठाउँमा लगानी भयो ? यसको सहि जवाफ खास्सै भेटिँदैन । धेरैजसो त आधिकारीक संघ संस्था नै आयोजक हुँदैनन् । निश्चित कार्यक्रमका लागि ठुलो संख्यामा मुल आयोजक समिति बनाईन्छ । कार्यक्रम सकिएपछि तिनलाई जुटाउने हैसियतै राख्दैन । न नियुक्ती हुन्छ, न त त्यसलाई दर्ता गरीएकाले उजुरी गर्ने ठाउँ नै रहन्छ । त्यसता हावादारी मेला पर्वमा समेत दान दिनेहरुको कमि छैन । उनिहरु शौख पुरा गर्नका लागि दिन्छन् । कसैको आवश्यकता पूर्ति गर्ने नियत देखिन्न । घरमै गाजा बाजा सहित पुगेर बजार घुमाए सबै पुग्यो । यो नितान्तै किनेर रहर पुरा गरेको हो । मान सम्मानको खरीद गरिएको हो । सामाजिक काम हुँदै होईन ।

नियमानुसार दर्ता भएका उद्योग वाणिज्य संघ लगाएत सघ संस्थाहरुले पनि व्यापारीक महोत्सव आयोजना गर्छन् । बेला बखत तिनका गतिविधिलाई पनि टिप्पनी गरीन्छ । उनिहरुले भ्रष्टाचार गरेकै त हुँदैनन्, भ्रमण लगाएतका काम गर्नुलाई पनि गलत ठान्ने गरेको पाईन्छ । खासमा कतै भ्रमण जानुभनेको पढ्न, सिक्न जानु सरह हो । समाजका लागि काम गर्नेहरुले घरको पैसा लगेर सिक्नं जानुपर्छ भन्ने हुँदैन । अन्त सिक्न नगएर विकास पनि गरीँदैन । हिसाव किताव सार्वजनिक नगर्ने, खोजेरै नभेटिनेहरुलाई दान गर्नु गलत हो । समामाजिक अभियानमा लाग्ने उर्जाथप्नु सामाजिक काम हो । यसरी दिर्घकालीन समाज सेवाका उद्देश्य राखेकाहरुमा लगानी गर्नु नै मानवीय स्रोत बलियो बनाउनु हो ।

मलाई सम्मान गर्लान भन्ने आश गरेर रोकाले आफ्नो सम्पती समाजलाई सुम्पिएको देखिएन । बरु पाउनेहरुले योजना बनाएर सम्मान गरे । यसलाई समाजमा योगदान गरेको भन्न सकिन्छ । समाजको घर बनाउन आवश्यक थियो, जमिन किन्न सक्ने तागत थिएन, दिए । यस्तै समस्या भएको ठाउँमा कुनै स्वार्थ नराखी गरिने लगानी धनिहरुका लागि उपलब्धी हुन्छ । पच्छिल्लो पिढिले पनि स्मरण गर्छ । सायद मेला महोत्सव र यज्ञहरुमा दान गर्ने दानिहरु एक दिन मात्रै बजारमा घुमाईए होलान् । त्यसपछि दुनियाँले भुल्यो । जुन जुन संघ संस्थाले उठेको रकम दुरुपयोग गरे तिनले त झन् दानविरहरुलाई गालि खुवाए । गलत काम गर्न उक्साएको आरोप लागेको छ । त्यसमा बेलैमा ध्यान दिनुपर्छ ।

केहि दिन अघि सात लाख पाए बाँच्ने थिएँ शिर्षकको समाचार प्रकाशित भएको थियो । सल्यान त्रिवेणी गाउँपालिका ६ शंखमुलका लिला बुढाथोकि दुवै मृगौला फेल भएर मर्नु र बाँच्नुको दोसाँधमा हुनुहुन्छ । उहाँलाई बचाउन सरकारले अप्रेसन सेवा निशुल्क दिन्छ । आफ्नो एउटा मृगौला दिएर भएपनि बचाउने दाजु मंगल सिंले बचन दिनुभएको छ । अब अस्पताल बसुन्जेल खाने वस्नेको व्यवस्था, अस्पताल सम्म जान कागजी प्रकृया मिलाउने सहायता, सन्चो भएर डिस्चार्ज नहुँदा सम्म छोरीको खान बस्न कोठा भाडाको व्यवस्था चाहिएको छ । यति गर्ने दुईतिन महिनाको समय लाग्छ । सात लाख हुनैपर्छ भन्ने छैन । यति सहयोय गरी ज्यान बचाउने कोहि कसैले आँट गर्न सकेको छैन । म पुँजिपति हुँ भन्ने देखि दिक्क लाग्छ ।

तिन बर्ष अघि घोराही १५ का अपांगता भएका व्यक्ति महाविर रोकाले वास चाहियो भनेका थिए । त्यो समाचार समाचार प्रकाशित भएको भोलिपल्टै तुलसीपुरका व्यवसायी ललित जंग शाह बासको व्यवस्था गर्न टुप्लुक्कै कोठामा पुग्नुभयो । हरेक महिनाको घर भाडा दिएर रोकाको समस्या सामाधान गर्नुभयो । शाहले बाचुन्जेल दिन्छु भन्ने घोषणा गरेपछि अहिले खुशि साथ रोकाको जिवन चलेको छ । रोका मोटाएका छन् । दिनभरी माग्दै हिडेको रकमले सबै जुटाउनुपर्दथ्यो । अहिले विवाह, वर्थडे श्राद्ध जस्ता अनेकौ बेलाको खर्च कटाएर रोकालाई सहयोग दिनेहरुले पुरा गरेका छन् । शाह जस्तै दानि नभएका कि, शाह जत्तिकै धनि नभएका ? बुढाथोकिको प्रसंगले प्रश्न उठेको छ । महोत्सवमा लाखौदिएर शोभायात्रामा मनोरन्जन लिनेहरु त धेरै छन् । कसैको जिन्दगी बचाउन किन भेटिदैनन् ?

हामीले राज्यलाई कर तिर्ने हो । नागरीकका सबै समस्या राज्यका हुन् । रोग, भोक, अशिक्षा, गरिबीले कोहि कसैको मृत्यू भएमा राज्यको दायित्वभित्र पर्छ । हाम्रो राज्य कुरा गरेजस्तो सजिलो छैन । घोराही उपमहानगरपालिकाकै सानो उदाहरण मलाइ एकजना कर्मचारीले सुनाउनुभयो, कम्प्युटर चलाउन नजान्नेलाई महंगो ल्यापटप चाहीन्छ । उसको टेवुलमा ल्यापटप राखिन्छ तर टाइप गराउन अर्को ठाउँ गुहार्छ । नयाँ कोहि आयो नै ल्यापटप चाहियो । चलाउन नजान्नेलाई विगार्ने महंगो ल्यापटप दुरुपयोग हो । यो त एउटा उदाहरण हो, इन्धन लगाएत यस्ता गलत काममा रकम दूरुपयोग कति होलान् ?

सेतो गाडि चढ्नेहरुलाई पैदल देख्नै पाईदैन । उभिएर भाषण गरुन्जेल बाहेक अरु बेला गाडि बाहिर देखिन्नन् । बजार भित्रका कार्यक्रममा सकभर पैदल हिडेर जाने कार्यलय प्रमुखहरुमा जिल्ला शिक्षा कार्यालय दाङका अघिल्ला प्रमुख रमेश मैनालीको नाम आउँथ्यो । नजिकै छ, जाउँ हिडौँ, यत्ति नजिक पनि किन गाडीमै हिड्नुपयो भन्ने स्थानिय विकास अधिकारी विष्णुप्रसाद पोख्रेल हुनुनहुन्थ्यो । त्यतिकै मितव्ययि जनसरकारका जनप्रतिनिधि समेत पाउन मुश्किल भएको छ । पाँच बर्षपछि उनिहरु पनि निजि साधन पैदल, मोटरसाईकल तथा कारमा झर्नुपर्छ भन्ने भुलेका छन् । दाङ क्षेत्र नम्बर तिनका सांसद हिराचन्द्र केसिले आफ्नो तलव भत्ता समाजिक काममा लगाउने घोषणा गर्नभएको थियो । बोली व्यवहारमा परिणत गर्नुभयो कि चुनावी नारा मात्रै थियो, सार्वजनिक हुन सकेको छैन । त्यसवाहेक वडा सदस्य सम्मले तलव खाने गरेका छन्, त्यसको कति रकम कुन समाजिक काममा लगानी गरे सार्वजनिक भएको छैन । थोरै भएपनि लगानी गर्नु अनिवार्य छ ।

आउनुस् अब समाज निर्माणमा जुटौँ । सरकारी र संस्थागत खर्चमा अधिकतम मितव्ययीता अपनाउँ । आफ्नो कमाईको थोरै अंश सामाजिक काममा खर्च गरेर सदुपयोग गरौँ । चर्चमा गरीने दशांस, मेला महोत्सवमा कहलीने दानवीरको रकम उपयुक्त स्थानमा लगानी गरौँ । फाईदा उधारो देखाउने ठग मेला महोत्सव सन्चालकलाई दिनुभन्दा एउटा व्यक्ति बचाउनु उत्तम होला । धेरै ठाउँमा भेटि चढाउँदै लाखौ खर्च गर्नुभन्दा एक जनालाई एकमुष्ट लगानी गरेर उदाहरण दिउँ । अरुले प्रशांले चर्चा गर्ने काम नै पुण्य हो । यहाँ लिला, महाविरहरु तमाम् छन् । कुरेली समाजका घर जस्तै अनेकौ व्यक्तिका वास बनेका छैनन् । आफ्नो कमाईको निश्चित रकम सामाजिक काममा लगानी गरौँ । गणश प्रसादले जस्तै समाजलाई उभोलाग्ने प्रेरणाको तागर्त दिएर समृद्ध नेपाल बनाउने अभियानमा सरिक होऔँ ।

Gorkha Hospital DangJapan korea Languages Dang Sahara Yatayat Dang Ambikeshwori College Dang
Open

Expert Education Dang

Close