Florence Hospital Dang
Majestic Hotel Dang

बैंकबाट निकालिएको सात लाख रुपैयाँ अज्ञात समूहले लुट्‍यो

Birala Tyre Dang

सिरहा, मङ्सिर २० । अज्ञात समूहले सिरहाको धनगढीमाई नगरपालिका–१० स्थित उग्रचण्डी पेट्रोलपम्प नजिकै एक जनामाथि लुटपाट गरेका छन् ।गोलबजारस्थित ज्योति विकास बैंकबाट रकम झिकेर बा ५५ प ४३५५ नम्बरको मोटरसाइकल चढेर आइरहेका धनगढीमाई नगरपालिका–१० निवासी २३ वर्षीय चितकुमार कामैतसँग रहेको नगद सात लाख लुटिएको हो ।

गोलबजारबाट लहानतर्फ आउने क्रममा अनटेस्ट लेखेको रातो रङको अपाची मोटरसाइकलमा आएका अपरचित दुई व्यक्तिले झोलामा रहेको उक्त नगद लुटेर फरार भएको प्रहरीले जनाएको छ ।लुटपाट गर्नेको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

 

Gorkha Hospital DangJapan korea Languages Dang Sahara Yatayat Dang Ambikeshwori College Dang
Open

Expert Education Dang

Close