Florence Hospital Dang
Majestic Hotel Dang

माइक्रोले किचेर ३ वर्षिया बालिकाको मृत्यु

Birala Tyre Dang

काठमाडौं, मंसिर २० । काठमाडौंको गोंगबुस्थित एक ग्यारेजबाट माइक्रो निकाल्ने क्रममा एकजना बालिकाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा ३ वर्षीया जिया यादव छिन् । उनी झापा घर भइ गोंगबुमा डेरा गरी बस्दै आएका सोही ग्यारेजका कामदारकी छोरी हुन् ।

महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका प्रमुख डीएसपी फडिन्द्र प्रसाईंका अनुसार टायरमा हावा हालेर निस्किने क्रममा बा १ ज ८४५९ नम्बरको माइक्रोले बालिकालाई किचेको थियो ।

प्रसाईंका अनुसार माइक्रो र चालकलाई अहिले नियन्त्रणमा लिइएको छ । थप अनुसन्धान जारी छ ।

 

Gorkha Hospital DangJapan korea Languages Dang Sahara Yatayat Dang Ambikeshwori College Dang
Open

Expert Education Dang

Close