Florence Hospital Dang
Majestic Hotel Dang

काभ्रेमा जन्ती बस दुर्घटना, ९ घाइते

Birala Tyre Dang

बनेपा , मङ्सिर २० – काभ्रेको बेथानचोक गाउँपालिका- ४ चलालगणेशस्थामा जन्ती बस पल्टिँदा ९ जना घाइते भएका छन्। बिहीबार बिहान ढुङ्गखर्कबाट खोपासी आउने क्रममा बा ३ ख ५३२३ नम्बरको जन्ती बोकेको बस सडकमा पल्टिँदा बसमा सवार ९ जना घाइते भएको जिल्ला प्रहरी कार्यलयका डीएसपी दिपक गिरीले जानकारी दिए।

डीएसपी गिरीकाअनुसार घाइते हुनेमा बेथानचोक गाउँपालिका ३ का पेमा लामा, राजन लामा, सुजन लामा, कान्छा तामाङ्ग, वीरबहादुर तामाङ, सरिता तामाङ, अम्बर तामाङ, मानबहादुर तामाङ घाइते भएको डीएसपी गिरीले जानकारी दिए।

उनका अनुसार घाइतेको बनेपास्थित शिरमेमोरीयल अस्पतालमा उपचार भइरको छ। बसमा ५५ जना सवार रहेको प्रहरीले जनाएको छ।

Gorkha Hospital DangJapan korea Languages Dang Sahara Yatayat Dang Ambikeshwori College Dang
Open

Expert Education Dang

Close