Florence Hospital Dang
Majestic Hotel Dang

रेखा थापालाई ‘हरितारा’ चलचित्र पुरस्कार

Birala Tyre Dang

काठमाडौं ,मंसिर १९  । नेपाली चलचित्र क्षेत्रमा दशकौंदेखि अनवरत रुपमा क्रियाशिल चलचित्रकर्मीलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ ।तीन दशकदेखि नेपाली चलचित्रमा सक्रिय लय संग्रौला र दुई दशकदेखि नेपाली चलचित्रमा अभिनय तथा निर्माण र निर्देशनमा क्रियाशिल रहेकी नायिका रेखा थापालाई हरितारा चलचित्र पुरस्कारबाट सम्मान गरिएको छ ।

सम्मानीत संग्रौला र नायिका थापाले सम्मान पत्रसहित जनही २५ हजार नगद राशी प्राप्त गरेका छन् । बालविवाहको बिरुद्धमा देशभरि छोरीका निम्ति स्वर्णीम नेपाल महाअभियान चलाईरहेकी थापाको निर्देशनमा रहेको नेपाली कथानक चलचित्र मालिका केही समय पहिले प्रदर्शनमा आएको थियो ।

 

Gorkha Hospital DangJapan korea Languages Dang Sahara Yatayat Dang Ambikeshwori College Dang
Open

Expert Education Dang

Close