Victoria College Dang

निर्मला पन्त हत्या – प्रशासन कार्यालयको मुलगेटमा धर्ना – दाङ खबर

निर्मला पन्त हत्या – प्रशासन कार्यालयको मुलगेटमा धर्ना

MadanBhandari College

काठमाडौ ,मङ्सिर १७ –  बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारा सार्वजनिक गर्न माग राख्दै आन्दोलनमा रहेको नागरिक संघर्ष समितिले सोमबारदेखि कञ्चनपुरमा चरणबद्ध आन्दोलन सुरु गरेको छ ।

नागरिक संघर्ष समितिको अगुवाईमा अधिकारकर्मी, नागरिक समाजका पदाधिकारीले जिल्ला प्रशासन कार्यालयको मुलगेटमा बिहान १० बजेदेखि कालोपट्टी बाँधेर धर्नामा बसेका छन् ।सोमबार र मंगलबार २ दिन बिहान १० बजेदेखि ४ बजेसम्म कालोपट्टी बाँधेर धर्नामा बस्ने कार्यक्रम रहेको नागरिक संघर्ष समितिका संयोजक मिना भण्डारीले बताईन् । जिल्ला प्रशासन कार्यालयसँगै जोडिएको वडा प्रहरी कार्यालय पनि आन्दोलनकर्मीले छेकेका छन् ।

साउन १० गते साथी रोशनी बमको घर गएकी निर्मलाको भोलीपल्ट बलात्कारपछि हत्या गरेको अवस्थामा उखुवारीमा शब भेटिएको थियो । न्याय माग्दै धर्नामा बसेका वेला स्वास्थ्य स्थिती खराब भएपछि निर्मलाको बुबा यज्ञराजको अहिले त्रिवि शिक्षण अस्पतालमा उपचार जारी छ ।

 

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close