Florence Hospital Dang
Majestic Hotel Dang

निर्माण व्यवसायी महासंघमा सर्वसम्मत नेतृत्व

Birala Tyre Dang

दाङ, मंसिर १४ । निर्माण व्यवसायी महासंघ प्रदेश नं ५ को प्रथम अधिवेसनबाट बलिभद्र राना निर्विरोध निर्वाचित हुनुभएको छ । अध्यक्ष पदका प्रत्यासी सुरेश चन्द वरिष्ठ उपाध्यक्ष पदमा मन्जुरी जनाएपछि प्रादेशीक समिति निर्विरोध निर्वाचित भएको हो ।

अधिवेसनले मन्जु भुसाल, नविन ज्ञवाली, देवीलाल न्यौपाने, यज्ञबहादुर खत्री, नवराज श्रेष्ठ र रविन्द्र लम्साललाई आगामी कार्यकालका लागि उपाध्यक्ष पदमा निर्विरोध निर्वाचित गरेको मुख्य निर्वाचन अधिकृत कृष्णबहादुर पोख्रेलले जानकारी दिनुभयो ।

त्यस्तै प्रादेशीक महिला उपाध्यक्षमा गंगा पोख्रेल, महासचिवमा प्रकाश शाह, उपमहासचिव (नीतिगत कार्यभार) मा टीकाबहादुर श्रेष्ठ, उपमहासचिव (आन्तरिक कार्यभार) पवनकुमार कुँवर, उपमहासचिव (प्रसासनिक) दिनेशकुमार हमाल, कोषाध्यक्षमा त्रिभुवन दत्त मिश्रा र सह कोषाध्यक्षमा प्रकाश बस्नेत निर्वाचित हुनुभएको छ ।

यसैगरी सदस्यहरुमा जीवन कक्षपती, ढुण्डिराज पोख्रेल, भागवत गिरी, बिमलमान श्रेष्ठ, सन्तोष बि.एम., दिपककुमार श्रेष्ठ, एसोसिएट सदस्यमा बामदेव रेग्मी, महिला सदस्यमा नलिन गौतम भुसाल, बस्तुगत सदस्यमा अजय राना, मधेसी, मुस्लिम, मधेसी सदस्यमा रमेश कुमार मिश्रा र जनजाति सदस्यमा सुजन श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ ।

नवनिर्वाचित कार्यसमितिका अध्यक्षलाई शुक्रबार पद तथा गोपनियताको सपथ गराइएको छ । यसैबीच प्रादेशीक अध्यक्षमा निर्वाचित भएपछि रानाले १२ वटै प्रदेशका निर्माण व्यवसायीहरुको भावना अनुसार काम गर्ने र प्रदेश सरकारले बनाउने कानुन निर्माण व्यवसायीमैत्री बनाउन पहल गर्नै प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close