Global Luja Dang

पारदर्शिता ल्याउन सामाजिक संस्थालाई लेखा तालिम

Birala Tyre Dang

घोराही, जेठ ११ । सामुदायिक संस्थाहरुको लेखा व्यवस्थापनलाई सुधार गर्ने उद्देश्यले दाङको घोराहीमा दुई दिने तालिमको आयोजना गरिएको छ । घोराही उपमहानगरपालिका गरिबसँग विश्वेश्वर कार्यक्रमको आयोजनामा सामुदायिक संस्थामा आबद्ध पदाधिकारीहरुलाई तालिम दिन थालिएको हो ।

वडानम्वर १३ र १८ मा गरिबसँग विश्वेश्वर कार्यक्रममार्फत् गठन भएका विभिन्न समूहका अध्यक्ष, कोषाध्यक्ष र सचिवहरुका लागि लेखा व्यवस्थापन सम्बन्धि तालिमको आयोजना गरिएको हो । वडानम्वर १८ का अध्यक्ष भरतमणि अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले कुनै पनि संस्था सफल हुनका लागि आर्थिक व्यवस्थापनमा पारदर्शिता अनिवार्यता भएकोमा जोड दिएका छन् ।

संस्थाहरुको लक्ष्य उद्देश्य पुरा गर्नका लागि आर्थिक पाटो बलियो र पारदर्शी हुन आवश्यक रहेको उनीहरुको भनाई छ । कार्यक्रममा गरिबसँग विश्वेश्वर कार्यक्रममा जिल्ला समन्वयकर्ता सुदिप गौतम, स्थानीय विकास कोषका मुक्तिराम सुवेदीलगायतकाले सामुहिक बचत, नगद कारोबारमा पारदर्शीता ल्याउन तालिमले महत्वपूर्ण भुमिका खेल्ने बताउनुभयो ।

विभिन्न समूहमा आवद्ध ३० जना महिला पुरुषको सहभागिता रहेको तालिमको प्रशिक्षकमा मुक्तिराम सुवेदी र सुधाकर पोख्रेल रहनुभएको छ । कार्यक्रमको सहजीकरण गरिवसँग विश्वेश्वर कार्यक्रमका सामाजिक परिचालक भिमा सुवेदीले गर्नुभएको छ ।

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close