हुँडारको उपत्यका दाङकाे देउखुरी – दाङ खबर
Global Luja Dang

हुँडारको उपत्यका दाङकाे देउखुरी

Birala Tyre Dang

शिवु खनाल
दाङ, मंसिर ३ । दाङको देउखुरीमा वनजङ्गल र वन्यजन्तु हेर्न विदेशी पर्यटकहरू देउखुरीमा आउने क्रम यतिबेला बढ्दो रहेको छ । यति बेला दाङको देउखुरीमा एकजना जर्मनी र एकजना अष्ट्रेलियन नागरिक यहाँको वन्यजन्तुको बारेमा बुझ्न र हेर्न भनि देउखुरीमा आइपुगेका छन् ।

दाङको देउखुरीमा पछिल्लो समयएमा भएको वन्यजन्तुको अनुसन्धानले थुप्रै वन्यजन्तुको एकिन भाइसकेको छैन । हुँडारको उपत्यका भनेर चिनिने देउखुरी विश्वमै दुर्लभ गिद्ध र चौकाको पनि बासस्थान हो ।

२६० भन्दा धेरै प्रजातिका चरा, ३० प्रजातिका स्तनधारी, २० प्रजातिका सर्प पाइने दाङको देउखुरी विविधताले भरिपूर्ण छ । थप अनुसन्धान र संरक्षणमा जोड दिने हो भने दाङको देउखुरी वन्यजन्तु पर्यटनको क्षेत्र बन्न सक्ने देखिन्छ ।

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close