करेन्ट लागेर दाङमा एक जनाको मृत्यु – दाङ खबर
Global Luja Dang

करेन्ट लागेर दाङमा एक जनाको मृत्यु

MadanBhandari College

शिवु खनाल
दाङ, कात्तिक २१ । करेन्ट लागेर दाङमा एक जनाको मृत्यु भएको छ । जिल्लाको राप्ती गाउँपालिका वडानम्वर ३ मसुरियाका २० वर्षिय सुरेन्द्र चौधरीको करेन्ट लागेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ ।

तोरन बनाउनका लागि बास काट्ने क्रममा हाइटेनशन तारले छुदा चौधरीको मृत्यु भएको भालुवाङ प्रहरीले जानकारी दिएको छ ।

यस्तै लमहीमा अटो रिक्साबाट हाम फाल्दा एक जना महिला गम्भीर घाइते भएकी छिन् । पाँच सय रूपिया खस्यो भनेर रा १ ह १७९८ नम्बरको अटोरिक्साबाट हाम फाल्दा पूर्वपश्चिम राजमार्ग अर्जुनखोला पुल नजिकै नाम ठेगाना नखुलेको एक जना महिला गम्भीर घाइते हुनु भएको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको हो ।

घाईतेको टाउकोमा चोट लागेको छ । घाईतेको उपचार लमहीको फलोरेन्स अस्पतालमा भैरहेको छ ।

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close