Global Luja Dang

लागु औषध खैरो हेरोईनसहित ३ जना पक्राउ

Birala Tyre Dang

दाङ , कार्तिक १२ – दाङमा लागू औषध खैरो हेरोईन सहित ३ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय गढवा दाङले गढवा गाउँपालिका वडा नं १ जुरेनीबाट बाँके बैजनाथ गाउँपालिका वडा नं १ का नर बहादुर पाण्डे, भिमसिंह रोकाया र वडा नं २ मकैबारी निवासी छवि गुरुङलाई पक्राउ गरेको हो ।

प्रहरी निरीक्षक पञ्चलाल गोलेका अनुसार उनीहरुको साथबाट से.१.च ११९० नम्बरको बोलेरो जिप, दुईग्राम खैरो हेरोइन र गाँजा जस्तो देखिने लागुऔषध १६ ग्राम बरामद भएको हो ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत जुरेनीमा पोखराबाट कोहलपुरतर्फ आउँदै गर्दा जाँचका क्रममा उनीहरु पक्राउ परेको प्रहरीले जनाएको छ ।

 

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close