फोहोर फाल्नेलाई उठाउन लगाइयो – दाङ खबर
Global Luja Dang

फोहोर फाल्नेलाई उठाउन लगाइयो

MadanBhandari College

घोराही, कार्तिक ६ । घोराही उपमहानगरपालिकाले निषेधित क्षेत्रमा फोहोर फाल्नेलाई फोहोर उठाएर डम्पिङ क्षेत्रमा फाल्न लगाएको छ । घोराहीको तुलसीपुर चोकमा रहेको एम बि एम फ्रुटर्स सप्लायर्समा लु २ च २७२१ नम्वरको पिकअप जीपबाट केरा झारेर सोही गाडीमा फोहोर हाली घोराही–३ चौपट्टामा लगेर फाल्ने गाडी चालक र पसल सञ्चालकलाई उक्त फोहोर उठाएर डम्पिङ क्षेत्रमा फाल्न लगाइएको हो ।

सोमबार बिहान फोहोर गाडीबाट झार्दै गरेको अवस्थामा गुरु गोरक्षनाथ पात्रदेव मन्दिर व्यवस्थापन समितिका संयोजक डिल्लीबहादुर बस्नेतले फेला पारेपछि गाडी र चालकलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाउनुभएको थियो ।

फोहोर फाल्ने चालक तथा गाडी धनी गढवाका चेतमान गिरी र फोहोर लग्न दिने पसल सञ्चालक हुकुम सिंहलाई दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुसाल, निवर्तमान अध्यक्ष हेमराज बञ्जाडे, फलफूल व्यवसायी समितिका अध्यक्ष भगतबहादुर बिकसहितको रोहबरमा छलफल गरी फोहोर उठाएर डम्पिङ क्षेत्रमा फाल्न लगाइएको वातावरण तथा विपद व्यवस्थापन समितिका संयोजक शक्तिराम डाँगीले जानकारी दिनुभएको छ ।

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close