जंगली हात्तीको आक्रमणबाट ६ जनाको मृत्यु – दाङ खबर
Global Luja Dang

जंगली हात्तीको आक्रमणबाट ६ जनाको मृत्यु

MadanBhandari College

वीरगन्ज ,असोज १४ – जंगली हात्तीको आक्रमणबाट ६ जनाको मृत्यु   जंगल छेउमा रहेका पर्साको ग्रामीण भेगमा जंगली हात्तीको आतंक फेरि बढेको छ। पर्साको ठोरी र पटेर्वा सुगौली गाउँपालिकामा मात्र साउन यता हात्तीको आक्रमणबाट ६ जनाको मृत्यु भएको हो। चितवन राष्ट्रिय निकुन्ज र पर्सा राष्ट्रिय निकुन्ज वन्यजन्तु आरक्षको जंगल छेउमा रहेका ठोरी गाउँपालिकामा पर्ने ठोरी, सुवर्णपूर, शिकारीबास, निर्मलबस्ती र पेटर्वासुगौली गाउँपालिकामा जंगली हात्तीले केही

साँझ पर्नेबित्तिकै निकुन्जको जंगलबाट गाउँ छिर्ने हात्तीले स्थानीयको घर भत्काउनुका साथै काट्ने अवस्थाको भदैया धान नष्ट पार्दै आएको छ। ठोरीमा मात्रै एक महिना यता जंगली हात्तीको आक्रमणमा परी तीन जनाको मृत्यु भएको छ। शुक्रबार राति मात्रै ठोरी ३ शिकारीवासमा जंगली हात्तीको आक्रमणबाट एक वृद्धाको मृत्यु भएको छ। परिचय खुल्न नसकेको र मानसिक सन्तुलन ठिक नभएकी अन्दाजी ६० वर्षकी वृद्धाको हात्तीको आक्रमणमा परी मृत्यु भएको हो।

नेपाल राष्ट्रिय प्राथमिक विद्यालयनजिकै हात्तीले लखेटेर ती महिलालाई मारेको र उनको शव क्षतविक्षत अवस्थामा चउरमा फेला परेको प्रहरी सहायक निरीक्षक सिकेन्द्र पाण्डेले जानकारी दिए। उनका अनुसार मृतक वृद्धा केही समयदेखि शिकारीवासको गाउँमा मागेर हिँड्ने र राति विद्यालयमा बास बस्दै आएकी थिइन्।

यसअघि असोज १ गते राति पनि ठोरी गाउँपालिका ३ ब्रम्हानगरको नयाँबस्तीमा जंगली हात्तीको आक्रमणमा परी एक युवतीको मृत्यु भएको थियो भने अर्की एक युवती सामान्य घाइते भएकी थिइन्। भदौको दो श्रो साता पनि ठोरीकै हात्तीको आक्रमणबाट एकको मृत्यु भएको थियो।

साउनमा पर्साको पटेर्वा सुगौली गाउँपालिकामा पर्ने दुधेश्वरनाथ महादेवको मन्दिरमा लाग्ने भाथ मेलाका बेला जाने क्रममा एक पूजारी र दुई तीर्थयात्री गरी तीनको हात्तीको आक्रमणबाटै मृत्यु भएको थियो। जंगल छेउमा रहेका पर्साको ग्रामीण भेगमा खासगरि धान र मकैबालीको मौसममा गाउँ छिरेर जंगली हात्तीले उपद्रो मच्चाउने गरेको छ।

अहिले चैते धान खेतमा पाकेपछि फेरि हात्तीको आक्रमण बढेको छ। एक दुई महिनायता जंगली हात्तीले गाउँमा छिरेर दिनहँु आतंक मच्चाउँदा समेत स्थानीय प्रशासन, निकुञ्ज सुरक्षामा खटिएका आरक्ष प्रशासन तथा नेपाली सेनाले चासो नलिएको पीडितको गुनासो छ। हात्तीको आतंक र भएको क्षतिबारे सम्बन्धित सबै निकायमा पटक पटक खबर गरिसकेको भए पनि अहिलेसम्म कोही हेर्नसमेत नआएको ठोरीका स्थानीय कमल सापकोटाले बताए।

 

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close