दैनिक गुजाराका लागि भारतकै भर : नेपालमै चल्दैन नेपाली नोट – दाङ खबर
Global Luja Dang

दैनिक गुजाराका लागि भारतकै भर : नेपालमै चल्दैन नेपाली नोट

MadanBhandari College

दिवाकर पोख्रेल,
देउखुरी, असोज १४ । दाङको भारतसँग सिमा जोडिएका नाका क्षेत्रमा नेपाली नोट नचल्दा दाङका नाकाली जनता भारतीय नोटको कारोवार गर्न बाध्य छन् । नाका क्षेत्रमा नेपाली बजार नहुँदा भारतीय बजार जानुपर्ने र भारतको सिमा क्षेत्रमा नेपाली नोट नचल्दा नाका बासीहरु समस्यामा परेका हुन् ।

दाङको राजपुर गाउँपालिका र गढवा गाउँपालिका दक्षिणी क्षेत्रका सिमा क्षेत्रमा बसोवास गर्ने नेपालीहरुलाई नोटको समस्याले पिरोल्दै आएको छ । ‘हामी नेपालीसँग भारतीय नोट हुँदैन, भइहाले पनि पैसामै कमिसन काटिदिन्छन्’, राजपुर गाउँपालिका वडानम्वर १ का विष्णु बुढाले भन्नुभयो ।

नेपाल भारतको सिमा क्षेत्रको भारतीय बजारमा नेपाली नोटको १ हजार रुपियाँलाई ९ सयमा चलाउने र केहीले नेपाली नोट नै चलाउन नमान्ने गरेको स्थानीय श्यामबहादुर झाँक्रीले बताउनुभयो । ‘चलाइहाले भने १ हजारलाई ९ सयमा चलाउन गर्छन्, धेरैले नेपाली नोट देख्दा बित्तिक्कै हुँदैन भनेर फाल्दिन्छन्’, झाँक्रीले भन्नुभयो । भौगोलिक हिसावले विकट क्षेत्रमा पर्ने दाङको नाका क्षेत्रमा खाद्यान्नलगायत दैनिक प्रयोग उपभोग्य सामग्री खरिद गर्न भारतीय बजारमै जानुपर्ने बाध्यता छ । सिरिया नाका, पटौला नाका, भौवालगायतका स्थानीयहरु भारतीय बजारमा सामान खरिद गर्न जाँदा भारतीय प्रहरीको हप्काइ खाने र नेपाली नोट नचल्ने समस्याबाट आफूहरु पीडित भएको बताउँछन् ।

भारतीय बजारमा मात्रै होइन सिमाक्षेत्रको नेपालमै नेपाली नोट चल्दैन । नेपालमा भारतीय व्यापारीहरुले चाडपर्वलाई लक्षित गरेर हाट बजार लगाउँछन् । तर, नेपालमा लाग्ने हाट बजारमा नेपाली नोट चल्दैन । नजिक आसपासमा नेपाली बैंक नभएको र सबै कारवार भारतसँग गर्नुपर्ने बाध्यताका कारण नेपालमै ब्यापार गरे पनि नेपाली नोट चलाउन सक्ने अवस्थामा आफूहरु नभएको भारतीय व्यनपारीको भनाइ छ । ‘यता नेपालमा नजिक बैंक छैनन् । भारतीय बैंकले नेपाली नोट लिँदैनन् । हाम्रो भारतीय बजारमा नेपाली नोट चल्दैन त्यसैले नेपाली नोट चलाउँदैन’, भारतीय व्यापारी रसिव खानले भन्नुभयो ।

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close